काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले शान्ति प्रक्रियाका नाममा पीडितलाई थप पीडा दिन लागिरहेको भन्दै गठबन्धन सरकारप्रति कटाक्ष गरेका छन् । उनले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगले कानुन संशोधन गर्न खोजेको आरोप लगाउँदै शान्ति प्रक्रिया देश र जनताका लागि टुंग्याउनुपर्नेमा जोड दिए । ‘शान्ति प्रक्रिया टुंग्याउछु भन्दै पीडितमाथि पीडा थपेर दमन गरेर एउटा मन्त्री कुदिरहेको देख्छु । पीडितहरुलाई बोलायो दिनभरी पर्खायो, अपमान गरेर फर्कायो । कस्ता अनाडी सरकारमा पुगेका छन् ?