साउन १७, काठमाण्डौ । नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्रीमा जनार्दन शर्मालाई पुनः नियुक्ति गरिएकोमा व्यङ्ग्य गर्दै असन्तुष्टी व्यक्त गरेका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै बस्नेतले प्रधानमन्त्रीलाई धन्यवाद भनेर सुरु गरेर जनार्दन शर्मामाथि कटाक्ष गरेका हुन् । उनले शर्मालाई अर्थमन्त्रीमा फर्काएकोमा सत्ता गठबन्धनका अन्य चार दलका नेतृत्वलाई पनि धन्यवाद भनेका छन् । बजेट निर्माणका […]