लमजुङ – लमजुङको दोर्दी गाउँपालिकामा सञ्चालित ‘हेलो आमा’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकामा घरमै हुने सुत्केरी (होम डेलिभरी) लाई न्यूनीकरण गर्ने लक्ष्यका साथ गएकाे वर्षदेखि यो कार्यक्रम सुरु गरिएको हो ।
यस कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन स्वरूप उपहारको व्यवस्था गरेसँगै घरमै हुने सुत्केरी सङ्ख्या घट्दै गएको र कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य शाखा दोर्दी गाउँपालिकाका हेल्थ असिस्टेन्ट सुजन सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रमअन्तर्गत...