गलकोट नगरपालिका - 'एग्रो टुरिज्म’ सपना

गलकोट कृषि पर्यटन ‘एग्रो टुरिज्म’ विकासको सपना बोकेर गलकोटमा बृहत बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौरका ३९ वर्षका टोपबहादुर खत्री र

सम्बन्धित सामग्री

गलकोटमा ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

जिल्लाको गलकोट नगरपालिका—२ नरेठाँटीकी ९३ वर्षीया बसन्ताकुमारी भण्डारी नगरपालिकोले दशैं खर्च दिएकोमा दंग छिन्।...

पहिराेले मुहान र पाइप बगाएपछि बाग्लुङको रिघामा खानेपानीको अभाव

बाग्लुङ - निरन्तर वर्षाका कारण खसेको पहिराेले मुहान र पाइप बगाउँदा बाग्लुङको गलकोट नगरपालिका–११ रिघाको सिङ्गो गाउँमा खानेपानीको अभाव भएकाे छ ।  रिघा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराेले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिनुभयो । खानेपानीको समस्या समाधान गर्न विसं २०६८ सालमा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट नगरपालिका–१० पाण्डपवखानीमा रहेकाे मूलबाट पानी ल्याइएको थियो । चार दिनदेखि...

पर्यटकको मन तानिरहेको गाईघाट झरना, जसको सौन्दर्य हरेक याममा एउटै देखिन्छ

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

ऐतिहासिक ‘कोटघर’ पुग्न कलात्मक पदमार्ग तयार

गलकोट नगरपालिका-३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ।...

राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ।...

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन्।

फोहोरलाई मोहोरमा परिणत गर्दै गलकोट नगरपालिका : सञ्चालनमा आयो प्रशोधन केन्द्र

गलकोट : स्थानीय तहहरुले फोहोर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहोर प्रशोधन गर्न थालेको छ। गलकोट विकसित शहर भएकाले यहाँ बस्तीको विकास तीव्र गतिमा भइरहे पनि फोहोर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो। नगरपालिकाले यस वर्षदेखि भने फोहोर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो।…

फोहरलाई मोहरमा बदल्दै गलकोट नगरपालिका

साउन ७, बागलुङ । विसं २०७३ मा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ । पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ ।  उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेत विस्तारै शहरमा परिणत हुँदै आएका छन् । बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ । नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गा अभावले लामो समयदेखि समस्या थियो तर पछिल्लो समय नगरपालिकाले जग्गा भाडामा लिएरै फोहरलाई मोहरमा बदल्न थालेको छ ।  यसअघि हटिया बजारको फोहर गौदीखोलामा फालिँदै आइएको थियो । बजारकै छेउमा फोहर फाल्दा बजार क्षेत्रनै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह हुँदै आएको थियो ।  नगरपालिकाले जग्गा अभावमा फोहरको डम्पिङ साइट खोज्न नसके पछि जग्गा भाडामा व्यवस्थापन गरेर अहिले फोहर प्रशोधन केन्द्र स्थापना गरेको छ । गलकोट–९ स्थित दरमखोला किनार नजिकै जग्गा व्यवस्थापन गरी फोहर प्रशोधन उपकरण जडानसमेत गरिसकिएको छ । कोरोना कहरका कारण फोहर प्रशोधनमा कर्मचारी खटाउन समस्या भएको र आगामी दुई महीनाभित्रै नगरपालिकाले फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।  फोहर व्यवस्थापनका लागि लामो समयको प्रयत्न र पहलमा हटिया बजारभन्दा केही पर वडा नम्बर ९ मा तीन रोपनी जग्गा मासिक रू. २० हजार भाडा तिर्ने गरी व्यवस्थापन गरिएको जग्गामा पूर्वाधार निर्माण गरिएको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।  ‘फोहर फाल्ने डम्पिङ साइट पाएनौँ, त्यसैले केही उपकरण खरिद गरेर फोहर प्रशोधन गरी बिक्री गर्ने नगरपालिकाको नीतिअनुसार प्रशोधन केन्द्रको पूर्वाधार निर्माणसँगै उपकरण जडान भएको छ’, नगर प्रमुख शर्मा गैरेले भने, ‘भाडामा जग्गा लिएर कुहिने फोहर व्यवस्थापन र नकुहिनेलाई प्रशोधन गरी प्याकिङ गरेर बिक्री गर्ने काम अघि बढेको छ, अब सबै तयारी सकिएकाले छिट्टै सञ्चालमा ल्याउने तयारी छ ।’ नगरपालिकाले तीन रोपनी जग्गामा सडक पुर्‍याउने, विद्युतीकरण गर्ने, ट्रस हाल्नेलगायतका पूर्वाधार निर्माणमा रू. २३ लाख र उपकरण खरिद तथा जडानमा रू. १० लाख खर्च गरिसकेको प्रशासकीय अधिकृत तुलबहादुर विश्वकर्माले जानकारी दिए ।  अहिले नगरपालिकाले एउटा ट्र्याक्टरमा फोहर संकलन गर्दै आएको छ । जिल्लामै तीव्र शहरीकरण भएको स्थानमा पर्ने गलकोटमा घर थपिँदै गए पछि फोहर व्यवस्थापनमा चुनौती बढ्दै गएको हो । संकलित कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिने छ ।  कुहिने फोहरको मल बनाइनेछ भने नकुहिने फोहरलाई टुक्राउने, धूने र पुनः प्रयोगका लागि विक्री गरिनेछ । नगरपालिकाले फोहर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहर प्रशोधनपछि विक्री गरेर उठाउने लक्ष्य राखेको छ । नगरपालिकामा सार्वजनिक जग्गा अभाव रहेका कारण व्यक्तिको जग्गा खरिद गर्दा निकै महँगो भएपछि भाडाको जग्गामा फोहर व्यवस्थापन गर्न थालिएको हो ।  फोहरलाई मोहर बनाएर बिक्री गर्ने योजना नगरपालिका स्थापना भएको पाँच वर्षमा पूरा हुन थालेको नगरपालिकाले जनाएको छ । गलकोटमा जग्गा अभावकै कारण बसपार्क नहुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ । रासस

गलकोटका तीन सामुदायिक बनमा आगलागी, आगो बस्तीतिर आउने खतराले स्थानीयवासी चिन्तित

बलेवा : बागलुङको गलकोटका तीन सामुदायिक बनमा आगलागी भएको छ। आज दिउँसोदेखि तीनवटै सामुदायिक बनमा आगलागी भएको हो। आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन्। गलकोट नगरपालिका-५ र ७ का तीन सामुदायिक बनमा आगलागी हुँदा करोडौँको क्षति भएको थम्मन थापाले बताए। भैंसे दान्सिङडाँडा सामुदायिक बन गलकोट नगरपालिका-५ देखि शुरु भएको…

गलकोटका मिर्गौला पीडितलाई राजमोको एक लाख सहयोग

तिलक थापा, बागलुङ । गलकोट नगरपालिका वडा ५ हरिचौर निवासी मिर्गौला पीडित चित्रकुमारी भण्डारीको उपचारका लागि राष्ट्रिय जनमोर्चाले सहयोग गरेको छ । राजमो गलकोट नगरपालिका ५ नं वडा समितिले चित्रकुमारीको उपचारका लागि सहयोग रकम एक लाख दुई हजार पचहत्तर रुपैयाँ एक कार्यक्रम गरी पीडितका श्रीमान भिमबहादुर भण्डारीलाई हस्तान्तरण गरेको छ । राष्ट्रिय जनमोर्चा वडा समितिका अध्यक्ष अमरबहादुर खत्रीको अध्यक्षता र सचिव तमबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, जिल्ला अध्यक्ष मित्र ढकाल, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार दिर्घदत्त लोहनी, भूपू जनप्रतिनिधि लोकेन्द्रध्वज मल्ल लगायत नेताहरुले पीडितको सिघ्र स्वास्थयलाभको कामना गर्नुभएको थियो ।