तिलक थापा, बागलुङ ।
गलकोट नगरपालिका वडा ५ हरिचौर निवासी मिर्गौला पीडित चित्रकुमारी भण्डारीको उपचारका लागि राष्ट्रिय जनमोर्चाले सहयोग गरेको छ ।
राजमो गलकोट नगरपालिका ५ नं वडा समितिले चित्रकुमारीको उपचारका लागि सहयोग रकम एक लाख दुई हजार पचहत्तर रुपैयाँ एक कार्यक्रम गरी पीडितका श्रीमान भिमबहादुर भण्डारीलाई हस्तान्तरण गरेको छ ।
राष्ट्रिय जनमोर्चा वडा समितिका अध्यक्ष अमरबहादुर खत्रीको अध्यक्षता र सचिव तमबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, जिल्ला अध्यक्ष मित्र ढकाल, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार दिर्घदत्त लोहनी, भूपू जनप्रतिनिधि लोकेन्द्रध्वज मल्ल लगायत नेताहरुले पीडितको सिघ्र स्वास्थयलाभको कामना गर्नुभएको थियो ।