ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका

बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको गलकोटको बस्ती-बस्तीमा सडक पुगेका छन् तर ग्रामीण क्षेत्रबाट बसाइसरेर बजार झर्नेको सङ्ख्या घटेको छैन ।

सम्बन्धित सामग्री

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका - Nepal Japan

बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको गलकोटको बस्ती-बस्ती

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

ढोरपाटन (बागलुङ)- १५ वर्ष अगाडि गलकोटका स्थानीयले रकम संकलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तरोन्नति गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गको रङ्गेनीबाट तोरीखोला–ठ...

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो ।

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो ।अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि […]

ट्र्याक खुलेको १६ वर्षपछि बागलुङमा सडक स्तरोन्नति गरिँदै

काठमाडौँ- बागलुङको गलकोट नगरपालिका ७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो । अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक […]

लोकमार्ग र ग्रामीण सडक छियाछिया

भारी वर्षाका कारण गलकोट नगरपालिकामा करोडौंका संरचना बगाएको छ । दर्जन बढी घर भत्केका छन् । केही चौपाया मरेका छन् भने दुई दर्जन घरपरिवार बिस्थापित भएका छन् । नगरको वडा १, २, ३, ४, ५ र ६ मा सबैभन्दा बढी क्षति भएको गलकोट नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक फमबहादुर खत्रीले बताए ।

ग्रामीण सडक सुधार्दा छोटियो लोकमार्ग

ग्रामीण सडक मर्मत र पक्की पुलसमेत बनाएपछि मुख्य राजमार्ग ११ किमि छोटिएको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीदेखि तोरीखोला हुँदै रगेनी निस्कने सडक स्तरीय भएपछि मध्यपहाडी लोकमार्गको यात्रा छोटिएको हो । यो सडक बनेपछि मध्यपहाडी लोकमार्गको विकल्पका रूपमा उपयोग हुन थालेको छ ।

खुल्न थाले बागलुङका अवरुद्ध ग्रामीण सडक

बागलुङ । असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् । स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक–पटक अवरुद्ध हुँदै आएको स्थानीय सडक दशैंको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् ।     जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मनाउन गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताए । ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडक खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उनको भनाइ छ । गाउँ आउने यात्रुलाई सहज हुनेगरी सडक खुलाइएको उनको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढीपहिरोकाले अवरुद्ध बनेको सडक खुलाउन थालेको छ । गाउँपालिकामा पर्ने शहीद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्नेगरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् । मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘दशैंमा घर जानेबेला बल्ल बाटो खुल्यो,’ जैमिनी नगरपालिका–७ का शिक्षक राजेन्द्र शर्माले भने, ‘कोरिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’ रासस