बाग्लुङ - निरन्तर वर्षाका कारण खसेको पहिराेले मुहान र पाइप बगाउँदा बाग्लुङको गलकोट नगरपालिका–११ रिघाको सिङ्गो गाउँमा खानेपानीको अभाव भएकाे छ ।
रिघा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराेले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिनुभयो । खानेपानीको समस्या समाधान गर्न विसं २०६८ सालमा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट नगरपालिका–१० पाण्डपवखानीमा रहेकाे मूलबाट पानी ल्याइएको थियो । चार दिनदेखि...