गौशालामा कोभिड आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौं । काठमाडौंको गौशालामा ५१ शय्याको कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधवार शुभारम्भ गरे । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले जानकारी दिए । नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजन सेवासहितको आइसोलेसन केन्द्र स्थापना गरिएको उनले बताए । उक्त अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले मिलेर लड्नुपर्ने बताए । ‘यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन,’ उनले भने, ‘सरकारले अभिभावकको भूमिका निर्वाह गर्छ, तर यो लडाइँ सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।’ केन्द्रलाई पूर्णरूपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । अहिले देशका ८६ ठाउँमा पीसीआर प्रयोगशाला र केन्द्रदेखि स्थानीय तहसम्म कोभिड–१९ को उपचार गर्ने अस्पताल स्थापना भएको उनले बताए । सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उनले अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरीद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको तथा कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए ।     सातओटै प्रदेशमा सात र काठमाडौंमा एक गरी एक हजार क्षमताका आठ होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरू गर्ने उपप्रधानमन्त्री पोखरेलले बताए । रासस

सम्बन्धित सामग्री

कोरोनाका बिरामी घट्दै,सुनसरीमा आइसोलेशन केन्द्र खाली हुँदै

सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न पालिकामा कोरोना सङ्क्रमितहरुलाई राख्नका लागि निर्माण गरिएका आइसोलेशन केन्द्रहरु पछिल्लो समयमा खाली हुँदै गएको छन् । नयाँ भेरियन्ट हितको दोस्रो लहरको कोरोना संक्रमितहरुलाई लक्षित गरी जिल्ला भर विभिन्न पालिका गरी १६ वटा आइसोलेशन केन्द्र सञ्चालन रहेकोमा हाल आघा भन्दा बढी खाली भएको हो । जिल्लाको सदरमुकाम इनरुवा ४ मा रहेको बसपार्क आइसोलेसन केन्द्र, इनरुवा ३ को आइसोलेशन केन्द्र, इनरुवा ५ बलाहा बहुमुखी क्याम्पस आइसोलेशन केन्द्र र इनरुवा अस्पताल स्थित कोभिड उपचार केन्द्रमा समेत कोहि पनि संक्रममित नभई खाली रहेको जनाइएको छ ।

गौशालामा कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालन

स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्नुभयो । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रं (सिसिएमसी)का संयोजक पोखरेललाई जानकारी गराउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले …

काठमाडौंका ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले  मुख्यसचिव डा.शंकरदास वैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई  आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन टेलि

नेपालगञ्जमा भारतबाट फर्किएका सङ्क्रमित राख्न छुट्टै आइसोलेशन

भारतबाट घर फर्किएका कोरोना सङ्क्रमितलाई राख्न नेपालगञ्जमा छुट्टै आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । भारतबाट फर्किने क्रममा नेपालगञ्जस्थित जमुनाह नाकामा कोभिड पोजिटिभ भएका व्यक्तिलाई राख्न नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरमा ह्वाइट हाउस आइसोलेसन सञ्चालन गरेको नगरप्रमुख डा.धवलशम्शेर राणाले बताउनुभयो । उहाँका अनुसार भारतबाट फर्किएका सङ्क्रमितलाई राख्न वडा नं २० मनिकापुरमा छुट्टै आइसोलेशन सञ्चालन गरिएको हो । यहाँ …

भारतबाट फर्किएका सङ्क्रमित राख्न छुट्टै आइसोलेशन

भारतबाट घर फर्किएका कोरोना सङ्क्रमितलाई राख्न नेपालगञ्जमा छुट्टै आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । भारतबाट फर्किने क्रममा नेपालगञ्जस्थित जमुनाह नाकामा कोभिड पोजिटिभ भएका व्यक्तिलाई राख्न नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरमा ह्वाइट हाउस आइसोलेसन सञ्चालन गरेको नगरप्रमुख डा.धवलशम्शेर राणाले बताए ।उनका अनुसार भारतबाट फर्किएका सङ्...