आफूले पाउने तलबबाट स्वास्थ्य सामाग्री खरिद गर्ने मेयर, जसले नगरपालिकामा स्थापना गरे २५ शैयाको आइसोलेशन सेन्टर

दाङ । दाङको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले आफूले पाउने तलब नगरपालिकाका लागि स्वास्थ्य सामाग्री खरिदमा लगाएका छन् ।  उनले नगरपालिकामा संचालित २५ शैयाको आइसोलेशन सेन्टरका लागि व्यक्तिगत लगानीमा २० थान नयाँ अक्सिजन सिलिन्डर, ६० हजार सर्जिकल मास्क, ३ सय केएन नाइन्टी फाइभ मास्क र १७ सय २८ पिस साबुन, स्यानिटाइजर ह्यान्डल स्ट्यान्ड ल्याएका हुन् ।बागचौर नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरमा ८ थान ठूला अक्सिजन सिलिन्डर आइसकेका छन् भने १२ वटा आउँदै गरेको बुढाथोकीले जानकारी दिए । उनले

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकामा ५० वर्षभन्दा माथिकालाई भेरोसेल खोप लगाइँदै

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ ।  स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप लगाइनेछ ।  काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ...

अभियन्ता रायको पहलमा आइसोलेशन सेन्टर स्थापना

सामाजिक अभियन्ता सरोज रायले सर्लाहीको बरहथवामा कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि २५ बेडको आइसोलेशन सेन्टर स्थापना गरेका छन् । भोलिदेखि उद्घाटन हुने अक्सिजनसहित २५ बेडको सो आइसोलेशनमा ओपिडी सेवा पनि सञ्चालन हुने अभियन्ता रायले बताए । भोलेन्टियर कर्प नेपालले स्वास्थ्य समाग्री सहयोग गरेपछि सरोजले सो सेन्टर स्थापना गरेका हुन् ।सो आइसोलेशन सेन्टरको नाम टीएमएनसी आइसोलेशन सेन्टर राखिएको उनले बताए । त्यहाँ कोरोना संक्रमितका लागि सम्पूर्ण सेवा निशुल्क हुने बताइएको छ ।  डाक्टरको सेवालगायत

चन्द्रागिरिमा १० श्ययाको आइसोलेसन सेन्टर सञ्चालन

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा १० श्ययाको आइसोलेशन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको आज नगरप्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा  सङ्क्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेशन सेन्टरले स्थापना गरिएको बताए । चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० श्यया सञ्चालनमा ल्याइएता  बिरामीको आवश्यकता अनुसार आगामी दिनमा श्यया थप […]

टोखा नगरपालिकामा १५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा

काठमाडौं। टोखा नगरपालिकामा अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो। नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरेको बताएइन्। रासस

टोखा नगरपालिकाले ल्‍यायो १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा

काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । उक्त नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।

टोखा नगरपालिकामा १५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा

काठमाडौं। टोखा नगरपालिकामा अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो। नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरेको बताएइन्। रासस

चन्द्रागिरि अस्पतालमा ‘आइसोलेशन सेन्टर’ निर्माण गरिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि अस्पताल थानकोटमा ‘आइसोलेशन सेन्टर’ निर्माण गर्ने भएको छ ।    काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै चन्द्रागिरि नगरपालिका–४ मा रहेको चन्द्रागिरि अस्पताल थानकोटमा आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो ।      नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरस्तरीय अस्पतालका रूपमा रहेको चन्द्रागिरि अस्पताल थानकोट र मनमोहन अस्पताल दहचोकमा आइसोलेशन सेन्टर निर्माण गर्न लागिएको जानकारी दिए । ‘चन्द्रागिरि अस्पतालमा २० र मनमोहन अस्पतालमा ३०० भन्दा बढी कोरोना संक्रमितको उपचार गर्न सकिन्छ,’ उनले भने । यस्तै, चन्द्रागिरिले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालमा समेत कोरोना संक्रमितको उपचार गरिने बताएको छ ।काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा छन् । चन्द्रागिरि नगरपालिकामा नगर अस्पतालबाहेक १६ स्वास्थ्य संस्था छन् । १५ वडामा १५ स्वास्थ्य संस्था र वडा नं १० मा थप एक स्वास्थ्य संस्था रहेको नगर प्रवक्ता महर्जनले बताए । चन्द्रागिरिले कोरोना संक्रमण चेकजाँचका लागि आवश्यक पर्ने पल्स अक्सिमिटर र अक्सिजन प्रत्येक वडाका स्वास्थ्य संस्थामा पुर्‍याउने लक्ष्य राखेको छ ।  रासस

आइसोलेशन सेन्टर ढाँचा निर्देशिका तयार

काठमाडौं :  विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्य देशले गरेका प्रयत्‍नकोे अध्ययन गरेर नेपाली ढाँचाको ‘कोभिड आइसोलेशन सेन्टर’ निर्माण निर्देशिका तयार पारिएको छ। विभिन्‍न क्षेत्रका विज्ञको सहभागिता र अन्तरराष्ट्रिय अनुभवको अध्ययन गरेर आर्किटेक्टहरुको संस्था सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (...