काठमाण्डाैका ठूला भवनलाई आइसोलेशन केन्द्र बनाइने

काठमाण्डाै – उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाण्डाैमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रूपमा सञ्चालन गरी कोरोना सङ्क्रमितको उपचार प्रभावकारी बनाइने बताउनुभएको छ । काठमाण्डाैकाे बसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को मङ्गलवार (आज) निरीक्षण गर्दै कोभिङ–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजक पोखरेलले  मुख्यसचिव डा. शङ्करदास वैरागी र काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आइसोलेशन केन्द्र सञ्चा...

सम्बन्धित सामग्री

कोभिड-१९ आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा

आयुर्वेद, जडीबुटी, व्यायाम, योग, प्रणायम, जीवनशैली व्यवस्थापन र अमृत भोजनका साथमा कोरोना सङ्क्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको हो।

नागार्जुनमा ३०० शैयाको आइसोलेशन केन्द्र

काठमाडौँको नागार्जुनमा ३०० शैयाको आइसोलेशन केन्द्र निर्माण गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको विशेष पहलमा नागार्जुन नगरपालिका र नेपाल चार्टर एकाउन्टेन्ट एशोसिएशनको सहकार्यमा ३०० श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएको हो । नागार्जुन नगरपालिका–१ रानीवन स्थित शहरी विकास मन्त्रालयले सुकुम्बासीको पुनर्वासका लागि बनाएका भवनमा निर्माण गरिएको उक्त आइसोलेशनमा चिकित्सकसहित सेवा उ

गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिए।

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

चन्द्रागिरिमा अक्सिजनसहित ६० शय्याको आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौँ : काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो। नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी…

चन्द्रागिरीमा ६० बेडको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा

काठमाडौं। काठमाडौँको चन्द्रागिरी नगरपालिकामा ३०/३० बेडको अक्सिजनसहितको दुईवटा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ। नगरपालिकामा कोरोना संक्रमण बढेपछि आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम गिरीले बताए। केन्द्रमा दक्ष चिकित्सक र नर्सहरु राखिएको छ। नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको सामुदायिक अस्पताल भवनमा ३० बेड र वडा नं ३ स्थित थानकोट प्राथमिक अस्पतालमा ३० बेडको अक्सिजनसहितको केन्द्र सञ्चालन गरिएको छ।

सेनाले आइसोलेशन केन्द्र संचालनमा ल्याउने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको वसुन्धरामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन् ।  निरीक्षणकै क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन आग्रह गरे ।  उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै साताबाट नेपाली सेनाले आइसोलेशन केन्द्र संचालनमा ल्याउने तयारी गरेको छ । तत्काल ८८ शैयाको अक्सिजन थेरापी

टोखा नगरपालिकाले ल्‍यायो १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा

काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । उक्त नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।

ठाउँ-ठाउँमा आइसोलेशन केन्द्र बन्दै, अक्सिजन उत्पादन बढाइँदै

काठमाण्डाै - ठाउँ-ठाउँमा आइसोलेशन केन्द्र बनाउने र अक्सिजन उत्पादन बढाउने काम सुरु भएको छ । काठमाण्डौसहित सङ्क्रमित बढी भएका जिल्लाका अस्पतालमा बिरामीले बेड पाउने सम्भावना कम हुँदै गएपछि स्थानीयबासिन्दा, सङ्घसंस्था, पालिका र प्रदेश सरकारको पहलमा आइसोलेशन केन्द्र बनाउन थालिएको हो । कतिपय ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र बनिसकेको छ भने कतिपय ठाउँमा बनाउने तयारी छ । केन्द्र सरकारले भौतिक पूर्वाधारको सङ्ख्या बढाउने तयारी गरेसँगै पालिकाहरुमा पनि आइसोलेशन केन्द्र तथा अस्थायी अस्पताल बनाउने क्रम बढ्न थालेको हो । पा...

नेपालगञ्जमा अक्सिजनसहितकाे ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा

बाँके - नेपालगञ्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएकाे छ । कोरोनाको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या अत्याधिक बढेपछि सहरका अस्पतालमा बेड अभाव भएपछि अभाव टार्न उपमहानगरपालिकाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएकाे हाे । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलीला मैदानमा रहेकाे तालिम केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताउनुभयो । उहाँले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताउनुभय...