कञ्चनपुरका धामीलाई अपाङ्गताले रोकेन उद्योगी बन्ने सपना

कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग हुनुभयो । डेढ दशक भारतमा मजदुरी गर्दै आउनुभएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन बिताउनुपरेको पीडालाई भुलेर अहिले गाउँमै विभिन्न प्रकारका मसला उत्पादन गर्ने ‘सुदूरपश्चिम मसला उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । उहाँले सुरुआतमा रु २० लाख लगानीमा सुदूरपश्चिम मसला […]

सम्बन्धित सामग्री

लोन लिनोस् लोन

हिजो आज बैंक तथा वित्तीय संस्थाहरूले मिस्री मिसाएको स्वरमा भन्न थालेका छन्– आउनुस् आण्टी, आउनुुस् अंकल, आउनुस् दाइ, आउनुस् विद्यार्थी भाइ, आउनुस् बुबा, आउनुस् साहुजी । हामी कहाँ आएर ऋण लिनोस् । जागिरे हो भने आम्दानीको प्रमाण अर्थात् ‘स्यालरीको सर्टिफिकेट’ लिएर आउनुस् । उद्योगी व्यापारी हो भने आयकर तिरेको प्रमाणपत्र लिएर आउनुुस् । गृहिणी हो भने पतिदेवको मायाले तपाईंको नाममा किनेको घर वा जग्गाको कागजात लिएर आउनुुस् । ए दाजै, जे जे लिएर आए पनि आउनुस्, तर ऋण चैं लिएर जानोस् है । ऋण तिर्ने चिन्ता किन गर्नुहुन्छ ? त्यो त हामी पछि असुल गरिनै हाल्छौं नि, ब्याज र स्याजसहित । आखिर धन्दाको कुरो जो छ । जसरी अमृत मन्थनपछि विष्णुले मोहिनी रूप धारण गरेर असुरहरूलाई मोहित पार्न सफल भएका थिए, त्यसैगरी अहिले बैंक तथा वित्तीय संस्थाहरू पनि कहिले ‘सपनाको घर’, त कहिले ‘विद्युतीय कार सरर’ भनेर ग्राहकहरूलाई आफूतिर तान्ने प्रयासमा छन् । सामान्य व्यक्ति जो मुश्किलसँग एउटा स्कुटर किन्ने हैसियतमा पुगेका छैनन्, तिनलाई उनीहरूको आफ्नै बंगलाको सपनालाई विपनामा बदलिदिने आश ऋणदाताहरूले दिने नै भए, लिने नलिने त आफ्नो कुरो हो । फेरि एकातिर आवश्यकता छ, अर्कोतिर समाजका अगाडि इज्जतको सवाल पनि जो छ । तपाईं भन्नुहोला हैन, यी बैंकहरूलाई के भएको हो हँ ? विगत केही अघिसम्म त ऋण पाउन बैंकहरूको चक्कर लाउँदा लाउँदा जुत्ता नै खिइन्थ्यो । तर अहिले अचानक हामी गरीबहरूमाथि यी बैंकहरूको यत्रो कृपादृष्टि कसरी पर्न गयो हँ भनेर । जसरी अमृत मन्थनपछि विष्णुले मोहिनी रूप धारण गरेर असुरहरूलाई मोहित पार्न सफल भएका थिए, त्यसैगरी अहिले बैंक तथा वित्तीय संस्थाहरू पनि कहिले ‘सपनाको घर’, त कहिले ‘विद्युतीय कार सरर’ भनेर ग्राहकहरूलाई आफूतिर तान्ने प्रयासमा छन् । हेर्नुुस्, अर्थशास्त्रको यो सामान्य नियम हो कि बजारमा जुन कुराको अभाव हुन्छ, त्यो कुराको भाउ बढ्छ । त्यसैगरी जुन कुराको आपूर्ति बढी हुन्छ, त्यसको भाउ घट्छ । विगतमा बैंकहरूसँग लगानीयोग्य पूँजी अर्थात् ऋण दिन मिल्ने रकम कम थियो । अहिले देशमा आर्थिक सुस्ती चलिरहेको छ । यस्तोमा मानिसहरूले ऋण लिएर उद्योग व्यापार गर्न डराइरहेका छन् । अनि बैंकमा पैसा थुपिँ्रदै गएको छ । त्यसैले बैंैकले पनि तपाईंहरूलाई नरम र मिस्री मिस्रित स्वरमा ऋण लिनुस् र आफ्नो व्यापार व्यवसाय बढाउनुहोस्, पैसा कमाउनुहोस्, अनि अलि अलि हामीलाई पनि दिनुस् भनिराछन् । बजार अर्थतन्त्र भनैको यै त हो । यसमा खराबी के नै छ र ?  हो, एकाथरीलाई लाग्छ विश्व बैंकको लहैलहैमा कांग्रेस सरकारले उडाएको उदारीकरणको बेलुनसँगै देशका मानिसहरूको महत्त्वाकांक्षा पनि उड्न थालेको छ । घर, कार, टिभी, फ्रिज, मोटरसाइकल, मोबाइल, वासिङ मेसिन, कम्प्युटर... के के हो, के के । मानिसहरूको महत्त्वाकांक्षासँगै बैंक तथा वित्तीय संस्थाहरूको संख्या पनि अस्वाभाविक रूपमा बढ्न थाल्यो । अहिले बैंकलाई पनि चल्नु छ, आफ्नो कमाउने लक्ष्य पूरा गर्नु छ । त्यो लक्ष्य पूरा गर्दिने भनेको तपाईं हामीजस्तै ग्राहकले नै हो । अर्थात् बैंकका लागि ग्राहक भनेका हरेक महीनामा सुनको फुल दिने कुखुरी हुन् । भनेसी यसरी सुन दिने कुखुरीलाई माया नगरे, तिनीहरूसँग मिस्री मिसाएर नबोले कोसँग बोल्ने त हो ? एक्काइसौं शताब्दीको आधुनिक नागरिक भएर पनि यत्ति कुरा नबुझ्ने अनि बैंकलाई गाली गरेर बस्ने ? अब विदेशमा जस्तो तपाईंको कमाइ मात्र हेरेर लोन दिएनन् भनेर गनगन चाहिँ नगर्नुस् है । किनकि तपाईं कति बेला फुत्त विदेश उड्नुहुन्छ कि खरानी धसेर जंगल पस्नुहुन्छ, पत्तै हुन्न । अनि बैंकले तपाईंका घरजग्गामा आँखा नलगाई भो त ? त्यसैले लिनोस् ऋण र जिन्दगीको गाडी किस्ताको सडकमा कुदाउन थाल्नोस् । घर, कार, जग्गा, शेयर, के के सपना छन्, देख्न थाल्नुस् । सपना देख्न पाउनु तपाईंको नैसर्गिक अधिकार हो । तपाईंको सपनालाई विपनामा बदलिदिने काम बैंकको हो । पुर्खाले ‘यावत् जिवेत्, सुखम् जिवेत्, ऋणं कृत्वा, घृतम् पिबेत्’ अर्थात् ‘सुखसँग बाँच्नुस्, ऋण लिएर भए पनि घिउ पिउनुस्’ भनेर भनेकै छन् क्यार ! तर ऋण लिनुअघि यो कुरामा चैं विशेष ध्यान दिनुहोला नि । ‘घाँटी हेरेर मात्र हाड निल्नुहोला’ । अर्थात् तपाईंको सपनाको गाडीको गति तपाईंले नियन्त्रण गर्न सक्ने हदसम्म मात्र सीमित हुनुपर्छ है ! भनाइको मतलव लोन भनेको लैनो गाई होे, जसले दुहुन जान्योे, उसले आफ्नो दुनो सोझ्यायो । जानेन भने लोन थारो गाई हो, यसलाई पालिरहन मात्र पर्छ नि । बुझ्नु भो ?

डाक्टर-इन्जिनियर बन्ने सपना बदलेर बाबुको पदचाप पछ्याएका उद्योगी दिलीप

‘मेरा उद्योग रुपन्देही, कपिलवस्तु, नवलपरासीमा भारतसँग खुला बोर्डर भएको धेरै ठाउँ छ । रुपन्देहीमा मात्रै ६० किलोमिटर खुला सीमा छ । यस्तोमा भारतमा कमसल उत्पादन भएका वस्तुहरु नेपाली बजार सहज आएर यहाँको उद्योगी र उपभोक्ता हैरानी छन् । यसको लागि सरकारले कडा कानून बनाउनुपर्छ’, दिलीप भन्छन् ।

अपाङ्गताले रोकेन उद्योगी बन्ने सपना

दोधारा चाँदनी – कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग भए। डेढ दशक भारतमा मजदुरी गर्दै आएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन बिताउनुपरेको पीडालाई भुलेर अहिले गाउँमै विभिन्न प्रकारका मसला उत्पादन गर्ने ‘सुदूरपश्चिम मसला उद्योग’ सञ्चालनमा ल्याए। उनले सुरुआतमा रु २० लाख लगानीमा सुदूरपश्चिम मसला […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज : चार दशकदेखिको सपना पूरा हुँदै

काठमाण्डाै - पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ । इस्वी संवतको नयाँ वर्षको पहिलो दिन आज अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो । भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको सहभागिता रहनेछ । पोखरा ...

एमाले बाहेक अरु दलसँग ‘मूलुक बनाउनुपर्छ’ भन्ने भावना छैनः उपमहासचिव पौडेल

नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले मूलुकमा आर्थिक समृद्धि हासिल गर्ने कार्यभारको मूल नेतृत्व एमालेले गर्ने बताएका छन् । पार्टीको भातृ संस्था ‘नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ’ को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले उद्योगी व्यवसायी मैत्री कानुन र लगानी मैत्री वातारण निर्माण गर्न एमाले बाहेक अन्य दलले नसक्ने बताएका हुन् ।‘नेपालको समृद्धिको, विकासको, सामाजिक न्यायको र समाजवादको नेतृत्व एमालेले गर्नेछ’ उनले भने, ‘यसका लागि उद्योगी व्यवसायी साथीहरु अग्र पंक्तिमा लाग्नुपर्नेछ, तपाईहरुलाई उद्यम गर्न, व्यवसाय गर्न आईपरेका कानुनी अड्चन पार्टी स्पष्ट बहुमतका साथ सरकारमा पुगेपछि फुकाउनेछ, यसका लागि कम्तीमा तपाईहरुले चुनावसम्म धैर्यता राख्नुपर्ने हुन्छ ।’पूर्व अर्थमन्त्रीसमेत रहका नेता पौडेलले नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पार्टीमा भएकै कारण एमालेले समृद्धिको सपना देखेको भन्दै उक्त सपना पूरा गर्न सबै उद्योगी व्यवसायी यो महासंघमा एकतावद्ध हुनुपर्ने पनि बताए ।उनले उद्योगी व्यवसायीका समस्या महासंघमार्फत पार्टी नेतृत्वका सामू लिएर आउन आग्रह गर्दै ती समस्या समाधान गर्न पार्टी सधैँ तयार रहेको पनि बताए । विगतमा अन्य भातृ संस्थाले राजनीतक आन्दोलनको नेतृत्व सम्हालेको स्मरण गर्दै पौडेलले अब राष्ट्रिय उद्योग व्यवसाय महासंघले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानको नेतृत्व गर्ने पनि बताएका छन् ।यसै प्रशंगमा उनले एमालेबाट छुट्टिएर गएका र सत्ता सञ्चालनमा रहेका ५ दलले विकास, समृद्धि र देशको स्वाभिमानका विषयमा कहिल्यै कुरा नगरेको भन्दै मूलुक बनाउनुपर्छ भन्ने भावना एमाले बोहक अरु दलसँग नभएको पनि दाबी गरे ।कार्यत्रलममा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका इन्चार्ज लेखराज भट्ट पनि उपस्थित थिए ।

चुरा बेचेर समृद्धिको सपना पछ्याउँदै यमुना

रूपन्देहीकी यमुना चापागाईं पेशाले चुरा उद्योगी हुन् । उनको परिचय अहिले त्यतिमा मात्र सीमित छैन, सकारात्मक सोच र दृढ इच्छाशक्तिले यमुनालाई प्रदेशकै नमूना र सफल महिला उद्यमी बनाएको छ । उनी १८ जना महिलाहरूकी रोजगारदाता समेत बनेकी छन् । बिहे भएको छोटो समयमै यमुनाका पतिको निधन भयो । उनले अनेक दुःख भोगिन्, आर्थिक अभाव झेलिन् । केही उद्यम गर्नुपर्छ भनेर धेरै व्यवसाय गर्न हात हालिन् तर सफलता पाउन सकिनन् । चुरा व्यवसायले उनलाई उज्ज्वल भविष्यतर्फ लग्यो । अन्नतः उनलाई चुरा उद्योगले सफलता दिलायो । ‘सफलता खोज्नेहरूले...

नेपालगन्जमा सुक्खा बन्दरगाह सञ्चालनपछि व्यवसायी उत्साहित

बाँकेलगायत पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगन्ज सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् । लामो प्रतीक्षापछि निर्माण सम्पन्न भई यहाँस्थित सीमानाकाको रुपैडिहा र नेपालगन्जमा संयुक्त रूपमा सञ्चालनमा आएको सुक्खा बन्दरगाहले आर्थिक विकासमा ठुलो सहयोग पुग्ने उद्योगी व्यवसायीको विश्वास छ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी अब्दुल वाहिद मन्सुरीले सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि पश्चिम नेपालका उद्योगी व्यवसायीको वर्षौंदेखिको सपना पूरा भएको बताउनुभयो ।

मेची पुल – पञ्चायतकालमा शिलान्यास, बल्ल भयो उद्घाटन

झापा – बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि ६६ वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् ।  प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको मेची पुलको उद्घाटन गर्नुभएको हो । धेरैपल्ट शिलान्यास भएको पुलका रुपमा पनि म...

सुरुङको सपना - News of Nepal

हेटौंडा, (नेस) हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्थानीयको साथ र सहयोग पाए काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाएर राजधानीबाट नजिकको सुन्दर शहरका रुपमा हेटौंडालाई विकास गरिने अठोट व्यक्त गरेका छन्। उद्योगी व्यवसायीहरुको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार हेटौंडामा गरेको नवनिर्वाचित मेयर महत, उपमेयर मीना लामा तथा १९ वटै वडाका अध्यक्षलाई संयुक्तरुपमा बधाई तथा शुभकामना कार्यक्रममा मेयर …