मिडियामा छाएका तीन शब्द– अक्सिजन, बेड र मोदी

बीबीसी। कोरोनाबाट अत्याधिक प्रभावित भारतबारे विदेशी मिडियामा थुप्रै कुरा लेख्न थालिएको छ। तीमध्ये बढी लेखिने शब्द बन्न पुगेको छ– अक्सिजन, बेड र मोदी।बेलायती अखबार ‘दि गार्जियन’ तथा अलजजिराले भारतमा दैनिक सवा तीनलाख संक्रमित भएको, मानिसहरु अस्पतालमा बेड नपाएर रोइरहेको, अक्सिजनको अभावमा ज्यान गुमाइरहेको समाचारलाई बिहीबार प्रमुखता दिए। यति हुँदाहुँदै पनि सत्ता(नरेन्द्र मोदी) र विपक्षीले ¥याली निकालेको विषय मिडियामा छायो।

सम्बन्धित सामग्री

नेपालगञ्जमा तयार हुँदै होल्डिङ सेन्टर, तीन सय बेड सञ्चालन योग्य

नेपालगञ्ज – नेपालगञ्जमा निर्माण गरिएको होल्डिङ सेन्टरमा तीन सय बेड तयार भएको छ । एक हजार बेडको होल्डिङ सेन्टरमा तीन सय बेड तयार भएको हो । बाँकी सात सय बेड यही महिनाभित्र तयार हुने प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । ‘अहिले द्रूतगतिमा काम भइरहेको छ । तीन सय बेड तयार भइसकेको छ । […]

बुटवलको साझा अस्पतालले बेड क्षमता विस्तार गर्ने

१४ साउन, बुटवल । बुटवलको साझा अस्पतालले बेड क्षमता विस्तार गर्ने भएको छ । अस्पतालका अध्यक्ष गोविन्द खनालका अनुसार आगामी तीन वर्षभित्रमा ७५ बेड थप गरी एक सय बेड क्षमता पुर्‍याइने छ । अस्पतालमा हाल २५ बेड क्षमता छ । सरकारले तोकेको मापदण्ड अनुसार बुटवल क्षेत्रमै आफ्नै जग्गामा भवन निर्माण गरी एक सय बेड क्षमताको […]

बेड र अक्सिजन सहज हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोनाको कहरसँगै बेड र अक्सिजनको हाहाकार हुने गरेकोमा पछिल्ला दिनमा भने त्यो समस्या सहज हुँदै गएको छ । पछिल्लो एकसातादेखि अक्सिजन र बेड अभावमा कसैले पनि उपचारबाट बञ्चित हुनु नपरेको सेती अस्पतालले जनाएको छ । जटिल समस्या भएपछि मात्र अस्पताल आउने प्रवृत्तिका कारण मृतकको […] The post बेड र अक्सिजन सहज हुँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

संक्रमितले भरियो हेटौंडा अस्पतालको बेड, अक्सिजन पनि छैन

श्रीजना नेपालहेटौंडा :  हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड कोरोना संक्रमितले भरिएका छन्। अक्सिजनको पनि अभाव देखिन थालेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले सञ्चालनमा ल्याएको यहाँ ५८ बेड छन्। तिनमा अस्पतालमा रहेका १७ वटा आइसियु, २० वटा एचडियु, १६ वटा स्टेपडाउन र ५ वटा भेन्टिलेटर बेड छन्। बेड खाली नहुँदा केही कोरोना संक्रमित इमर्जेन्सी वार्डमा पनि उपचाररत छन्।२० बेडको व्यवस्था गरी संक्रमितको उपचार सुरु गरेको अस्पतालले संक्रमितको संख

पर्वत अस्पतालमा २० वटा आइसोलेसन बेड थप

कोभिड–१९ का संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि पर्वत अस्पतलामा बेड थप गर्न थालिएको छ ।जिल्ला अस्पतालको कोभिड–१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी अस्पतालवाट आवश्यक कपडा लगायतका सामग्री लगेर २० बेड थप गरिएको […]

विराटनगरमा आइसियू बेड भरिए, बिरामीको नाम टिप्दै फर्काउँदै

२५ वैशाख, विराटनगर । कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका तीन अस्पतालका आइसियू बेड भरिएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजका आइसियू बेड भरिएका हुन् । आइसियू बेड भरिएका कारण नयाँ संक्रमितले उपचार पाउन मुस्किल छ । गम्भिर अवस्थाका संक्रमितले आइसियूमा बेड पाउन पालो कुर्नपर्ने बाध्यता छ […]

भरतपुर अस्पतालको कोभिड बेड संक्रमितले भरिँदै

चितवन : भरतपुर अस्पतालले छुट्याएको कोभिड बेड संक्रमितले भरिँदै गएका छन्। दैनिक १० जनाभन्दा बढी संक्रमित अस्पताल भर्ना हुन थालेपछि बेड अभाव हुन थालेको हो। अस्पतालको एचडियु बेड भरिसकेका छन् भने अन्य बेड पनि अपुग भइरहेको छ।११० वटा कोभिड बेड रहेको भरतपुर अस्पतालमा शनिबार ९० जना संक्रमित उपचाररत छन्। भेन्टिलेटरमा चार, आइसियुमा सात र एचडियुमा २५ जना संक्रमित छन्। ५४ जना संक्रमित साधारण बेडमा छन्। यहाँको आइसियुको क्षमता १० र एचडियुको क्षमता २५ बेड रहेको छ।एचडियु बेड भरिएपछि बेड थप गर्न केन्द्र र प्रदेश

च्यासलमा स्थानीयकै पहलमा आईसीयूसहित बेड निर्माण

काठमाडौं। कोरोना संक्रमितका लागि अस्पतालमा बेड अभाव भइरहेका बेला च्यासलमा युवाहरूको सक्रियतामा आईसीयूसहितको बेड निर्माण गरिएको छ। ललितपुरमा च्यासल टोलको गुठी भवनमा च्यासल युवा क्लव, च्यासल मंका खलः र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा आईसीयूसहितको बेड बनाइएको हो। 'अहिले चारवटा बेड बनाएका छौं, १० वटा बनाउने हाम्रो लक्ष्य छ', च्यासल मंका खलःका अध्यक्ष श्याम व्यजनकारले भने।

बेड खाली नभएपछि चेकजाँच गरेर घर पठाइँदै बिरामी

परिवारै संक्रमित, अस्पतालमा बेड पाउन पालो कुर्नुपर्ने अवस्था, निजी अस्पतालमा भए पनि बेड मिलाइदिन गुहार कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि काठमाडौं उपत्यकाका सरकारी अस्पताल पनि भरिन थालेका छन् । मंगलबार...

बेड भरिए, भुइँमै उपचार

अस्पताल आउने कोरोना संक्रमितको संख्या बढेसँगै बेड अभाव हुन थालेको छ । कतिपय अस्पताललाई अक्सिजन जुटाउन समस्या देखिएको छ । ३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ ।दिनमा १७ देखि २० जना संक्रमित थपिने भए पनि बेड अभावमा भर्ना गर्न नसकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार अस्पतालमा दिनमा ५५ सिलिन्डर अक्सिजन खपत भइरहेको छ । अस्पतालको अति आवश्यक खर्च महिनामा १ करो