संक्रमितले भरियो हेटौंडा अस्पतालको बेड, अक्सिजन पनि छैन

श्रीजना नेपालहेटौंडा :  हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड कोरोना संक्रमितले भरिएका छन्। अक्सिजनको पनि अभाव देखिन थालेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले सञ्चालनमा ल्याएको यहाँ ५८ बेड छन्। तिनमा अस्पतालमा रहेका १७ वटा आइसियु, २० वटा एचडियु, १६ वटा स्टेपडाउन र ५ वटा भेन्टिलेटर बेड छन्। बेड खाली नहुँदा केही कोरोना संक्रमित इमर्जेन्सी वार्डमा पनि उपचाररत छन्।२० बेडको व्यवस्था गरी संक्रमितको उपचार सुरु गरेको अस्पतालले संक्रमितको संख

सम्बन्धित सामग्री

सोलुखुम्बुमा अक्सिजन उत्पादन सुरु

सोलुखुम्बु - सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ । अब अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने  निमित्त कार्यालय प्रमुख सानी शेर्पाको भनाइ छ । स्वचालित रूपमा बिरामीको बेडमा नै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने व्यवस्था गरिएको छ । जिल्लामै अक्सिजन उत्पादन स...

कोरोनाको महामारीका बेला झापामा पर्याप्त अक्सिजन

बनियानी । कोभिड–१९ को महामारीका बेला सङ्क्रमितको उपचारका लागि महत्त्वपूर्ण मानिने अक्सिजन झापामा पर्याप्त मात्रा रहेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा अक्सिजन प्लान्टसँगै अक्सिजन कन्सन्ट्रेटर उपकरण पर्याप्त रहेकाले अक्सिजन पनि पर्याप्त हुन पुगेको हो । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति जीवन चम्लागाईंले जिल्लाका अस्पतालमा अक्सिजन बनाउने उपकरण ‘अक्सिजन कन्सन्ट्रेटर’ पर्याप्त रहेको जानकारी दिए । […]

झापामा अक्सिजन बैंक सञ्चालन हुने

अक्सिजन अभावकै कारण कयौं बिरामीले ज्यान गुमाइरहेका बेला झापामा अक्सिजन बैंक सञ्चालन हुने भएको छ । 'एकका लागि एक' अभियानले अक्सिजन बैंक सञ्चालन गर्न लागेको हो ।अक्सिजन तथा भेन्टिलेटरको अभावमा राजधानी लगायत देशका अन्य स्थानहरूबाट हेलिकप्टर मार्फत बिरामीहरु झापाका अस्पतालमा ल्याउन थालिएपछि झापामा समेत अक्सिजनको अभाव हुने देखिएको छ । अक्सिजन अभाव कै कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले अभियानले अक्सिजन बैंक सञ्चालन गर्न लागेको अभियानका संयोजक महेन्द्र गिरिले बताए । अभियानल

बर्दियामा अक्सिजन बैंकको स्थापना

बर्दिया : अक्सिजनको अभाव पूर्तिकालागि अक्सिजन बैंकको स्थापना गरिएको छ। ‘मेरो लागि अक्सिजन मेरो योगदान’ भन्ने नाराका साथ बर्दियामा अक्सिजन बैंकको स्थापना गरिएको हो।जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वय तथा उद्योगी, व्यवसायी र समाजसेविको सक्रियतामा अक्सिजन बैंक स्थापना गरिएको जनाइएको छ। अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन बैंक स्थापना गरेको अक्सिजन बैंक सञ्चालक समितिका संयोजक भेषराज पौडेलले बताए।अहिले बैंकमा अक्सिजन सिलिण्डर सहयोग जुट्न थालेको निर्माण व्यव

अक्सिजन अभाव नहुने कम्पनीको दाबी

गण्डकी प्रदेश राजधानी पोखरामा अक्सिजनको अभाव नहुने भएको छ । अक्सिजन ग्यास सिलिन्डर अभाव हुन थालेकाले करिब ३ हजार थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध गराउन पोखराका दुई अक्सिजन कम्पनी तयार छन् ।पोखरामा दुई निजी कम्पनी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिले बजारमा अक्सिजन ग्यास सिलिन्डर अभावन हुन थालेकाले थप अक्सिजन ग्यास सिलिन्डरको व्यवस्थापन गर्न […]

अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अक्सिजन कम्पनीहरुलाई हस्तान्तरण

कास्की, २६ बैशाख । कास्की प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट १ सय ८७ थान अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ बिभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई शनिबार हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिँदै गईरहेको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव […]

'अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार'

दिनप्रतिदिन सुर्खेतमा कोभिड–१९ फैलिँदो छ। अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचारमा उस्तै समस्या छ। अक्सिजन अभावमा मृत्यु दर पनि बढ्दो छ। अक्सिजन अभाव हुँदा उपचारमा समस्या हुन नदिन र अकालमै नागरिकको ज्यान जान नदिन सुर्खेती युवाहरुले ‘अक्सिजन ...

गोकर्णेश्वरमा अक्सिजन बैंक स्थापना

काठमाडौं। गोकर्णेश्वरमा अक्सिजन बैंक स्थापना भएको छ। समानुभूति नेपालले अक्सिजन बैंक स्थापना गरेको हो। अक्सिजन बैंक स्थापनाका लागि हाम्रो सानो प्रयास नेपाल, इन्स्ट्युत फर नेपाल लगायतका संस्थाले सहयोग गरेका छन्। गोकर्णेश्वरको नारायणटारमा स्थापना भएको बैंकमा अक्सिजनको अभाव झेलिरहेका बिरामीले त्यहाँ गएर अक्सिजन लिन सकिने समानुभूति नेपालका अध्यक्ष तुलसी श्रेष्ठले बताए। त्यहाँ बिरामीका लागि अक्सिजन क्यानको समेत व्यवस्था गरिएको छ।

महामारीमा पनि अक्सिजन उत्पादन भएन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आफ्नै लापबाहीले कोरोना महामारीमा समेत अक्सिजन उत्पादन गर्न सकेको छैन । करिब २ करोड २० लाख खर्चेर २०७६ सालमा ल्याएको अक्सिजन प्लान्ट मेसिन अहिलेसम्म प्रयोगविहीन अवस्थामा छ । जुम्लामै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्ने भन्दै दुई वर्ष पहिले ल्याइएको अक्सिजन प्लान्टबाट कोरोना महमारीमा समेत अहिले सम्म एकवटा पनि अक्सिजन सिलिण्डर उत्पादन हुन […]

नेपालबाट भारतमा अक्सिजन निर्यात

काठमाडौं। भारतमा दोस्रो चरणको कोरोना संक्रमणको फैलावटसँगै नेपालबाट अक्सिजन निर्यात हुन सुरु भएको छ।त्यहाँ अक्सिजन अभाव देखिन थालेपछि नेपालका केही व्यवसायीहरुले अक्सिजन निर्यात गर्न थालेका हुन्। त्यसो त नेपालमा पनि अक्सिजनको माग बढिरहेको देखिन्छ। रसायन तथा मेडिकल आपूर्ति संघले भने भारतमा अक्सिजन निर्यात नगर्न आग्रह गरेको छ।