च्यासलमा स्थानीयकै पहलमा आईसीयूसहित बेड निर्माण

काठमाडौं। कोरोना संक्रमितका लागि अस्पतालमा बेड अभाव भइरहेका बेला च्यासलमा युवाहरूको सक्रियतामा आईसीयूसहितको बेड निर्माण गरिएको छ। ललितपुरमा च्यासल टोलको गुठी भवनमा च्यासल युवा क्लव, च्यासल मंका खलः र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा आईसीयूसहितको बेड बनाइएको हो। 'अहिले चारवटा बेड बनाएका छौं, १० वटा बनाउने हाम्रो लक्ष्य छ', च्यासल मंका खलःका अध्यक्ष श्याम व्यजनकारले भने।

सम्बन्धित सामग्री

च्यासलमा स्थानीयले बनाए अक्सिजनसहितको आइसोलेसन

ललितपुरको च्यासल युथ क्ल्बले अक्सिजनको व्यवस्था सहित ५ बेडको आइसोलेन बनाएको छ । बढ्दो कोरोना महामारीका कारण अस्पतालमा बेड अभाव भईरहेको बेला च्यासलका स्थानीयले आइसोलेसन बनाएका हुन् । कोभिड संक्रमण भई अस्पतालमा बेड नपाएका, घरमा बस्न समस्या भएका वा अक्सिजन चाहिएका च्यासलका स्थानीयका लागी यो आइसोलेसन बनाइएको हो ।

यस्तो छ ललितपुरको च्यासलमा स्थानीयले बनाएको आइसोलेसन सेन्टर (फोटोफिचर)

ललितपुरको च्यासलमा स्थानीयको सहयोगमा आइसोलेसन सेन्टर निर्माण भएको छ । च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाइएको छ । च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यन्जनकारका अनुसार स्थानीयबाट सहयोग रकम संकलन गरेर आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।यहाँ सोमबारसम्म ५ वटा बेड तयार भइसकेको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिरहेकाले आवश्यक तयारी गरिएको व्यन्जनकारले बताए । ‘८–१० दिनअघि अक्सिजन कम भएर काठम