भरतपुर अस्पतालको कोभिड बेड संक्रमितले भरिँदै

चितवन : भरतपुर अस्पतालले छुट्याएको कोभिड बेड संक्रमितले भरिँदै गएका छन्। दैनिक १० जनाभन्दा बढी संक्रमित अस्पताल भर्ना हुन थालेपछि बेड अभाव हुन थालेको हो। अस्पतालको एचडियु बेड भरिसकेका छन् भने अन्य बेड पनि अपुग भइरहेको छ।११० वटा कोभिड बेड रहेको भरतपुर अस्पतालमा शनिबार ९० जना संक्रमित उपचाररत छन्। भेन्टिलेटरमा चार, आइसियुमा सात र एचडियुमा २५ जना संक्रमित छन्। ५४ जना संक्रमित साधारण बेडमा छन्। यहाँको आइसियुको क्षमता १० र एचडियुको क्षमता २५ बेड रहेको छ।एचडियु बेड भरिएपछि बेड थप गर्न केन्द्र र प्रदेश

सम्बन्धित सामग्री

भरतपुर अस्पतालमा पर्याप्त दरबन्दी न उपकरण

८ कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि जनशक्ति र उपकरण त्यसअनुसार नहुँदा बिरामीहरुलाई गुणस्तरीय सेवा दिन नसकिएको चिकित्सकहरुले बताएका छन् । भरतपुर अस्पताल झण्डै १० वर्षयता ६०० बेडमा सन्चालन भइरहेको छ । सो अस्पताललाई सरकारले २०७५ सालमा ‘विशिटिष्कृत रेफरल अस्पताल’ घोषणा गर्दै ५ सय बेड स्वीकृत गरे पनि जनशक्ति भने […]

भरतपुर अस्पतालमा बिरामीको चाप, दैनिक १० भन्दाबढी बिरामी बेड नपाएर फर्किन्छन्

भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ। गर्मीको तापक्रम चितवनमा ४२ डिग्री माथी पुगेको छ। यससंगै बिरामीको संख्या पनि बढेको आकस्मिक विभागका प्रमुख डा.अल्लादिन मियाँ बताउँछन्।...

भरतपुर अस्पतालमा बिरामीको चाप, दैनिक १० भन्दाबढी बिरामी बेड नपाएर फर्किन्छन्

भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ। गर्मीको तापक्रम चितवनमा ४२ डिग्री माथी पुगेको छ। यससंगै बिरामीको संख्या पनि बढेको आकस्मिक विभागका प्रमुख डा.अल्लादिन मियाँ बताउँछन्।...

कामना सेवा बैंक र मनकामना अस्पतालबीच सम्झौता

भरतपुर–  कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले भरतपुर महानगरपालिकाको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पी.डी. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टी. शुल्क, सी.टी.स्क्यान, आई.सी.यु, लगायत एन.आई.सी.यु, एच.डी.यु/नर्सरी सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । अस्पतालले […]

स्वास्थ्य पर्यटनको केन्द्र बन्दै भरतपुर

चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो । सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल र यहाँका २० भन्दा बढी साना ठूला निजी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरुवा बाहिरी जिल्लाबाट आउने गर्दछन् । शिक्षक अस्पताल यही बन्ने भएको छ । सबैभन्दा बढी क्यान्सर अस्पतालमा बाहिरी जिल्लाबाट बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार दैनिक बहिरङ्ग सेवामा ८०० हाराहारी बिरामी आउने गर्दछन् । तीमध्ये ५०० जति बाहिरी जिल्लाका हुने गरेको उनको भनाइ छ । नियमित रूपमा लामो समय परीक्षण र उपचार गराइरहेकाको सङ्ख्या ५०० हाराहारी छ । ती बिरामीमध्ये पनि ७० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन् । वार्षिक रूपमा ५०० हाराहारी बिरामी भारतीय सीमा क्षेत्रबाट आउने गर्दछन् । गौतमले भने, ‘अस्पतालमा भन्दा बाहिर बस्ने र खानेमा बिरामीको धेरै खर्च हुने गर्दछ ।’ क्यान्सर अस्पतालकै कारण अस्पताल वरिपरि १५० भन्दा बढी साना ठूला होटल रेष्टुराँ चलेका छन् । जिल्लाका अग्रज होटल व्यवसायी दिनेशकुमार चुकेका अनुसार क्यान्सर अगाडिका होटलमा मात्रै ५०० भन्दा बढी बेड छन् । त्यही आउने बिरामी र कुरुवाले ती होटल चलेका छन् । त्यहाँ आफै पकाएर खाने गरी पनि व्यवस्थापन गरिँदै आएको छ । भरतपुर क्षेत्रमा ६०० हाराहारी होटल रेष्टुराँ रहेको भन्दै उनले ती होटल रेष्टुराँको मुख्य आम्दानी बाहिरी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आउने गरेको बताए । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुकेले यहाँको स्वास्थ्य क्षेत्रको विकाससँगै होटल रेष्टुराँको व्यवसाय बढ्दै गएको बताए । रासस

भरतपुर अस्पतालमा थपियो २० बेड आईसीयू

३० वैशाख, चितवन । चितवनको भरतपुर अस्पतालमा थप २० बेड कोभिड आईसीयू थप गरिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दिएको जानकारी अनुसार १० बेड कोभिड आईसीयूलाई बढाएर ३० बेड पुर्‍याइएको हो । कोरोना भाइरस …

महामारीले भरतपुर अस्पतालमा ननकोभिडका बिरामी उपचार पाउनबाटै वञ्चित

चितवन : दोस्रो लहरको कोभिड–१९ को महामारीका कारण ननकोभिडका बिरामीहरू प्रभावित भएका छन्। महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा र अस्पतालहरूले ओपिडी सेवा बन्द गरेपछि कोरोना नभएका बिरामीले उपचार पाउनै सकेका छैनन्। आकस्मिक बाहेकका बिरामीलाई अस्पताल नजान सरकारले नै उर्दी नै लगाएको छ। अस्पतालका बेड र जनशक्ति कोरोना संक्रमितको उपचारमा खटाउँदा ननकोभिड बिरामीले रोग दबाएर राख्न बाध्य भएका छन्।भरतपुर अस्पतालमा कोभिड संक्रमित बिरामीको चाप बढ्दै गएपछि वैशाख १७ गतेदेखि ओपिडी र इएचएसलग

कोभिड संक्रमितको उपचारमा क्षमता बढाउँदै चितवनका अस्पताल

चितवन। जिल्लामा कोभिड-१९ संक्रमितको संख्या बढेपछि चितवनका ४ वटा अस्पतालले संक्रमितको उपचार गर्ने क्षमता बढाएका छन्। भरतपुर अस्पताल, वीपी कोईराला क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाएका छन्। भरतपुर अस्पतालमा अन्य बिरामीलाई स्थानान्तरण गरेर कोभिड बिरामीका लागि १५० बेड पुर्‍याइएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले बताए। रासस

कोभिड संक्रमितको उपचारमा क्षमता बढाउँदै चितवनका अस्पताल

चितवन। जिल्लामा कोभिड-१९ संक्रमितको संख्या बढेपछि चितवनका ४ वटा अस्पतालले संक्रमितको उपचार गर्ने क्षमता बढाएका छन्। भरतपुर अस्पताल, वीपी कोईराला क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाएका छन्। भरतपुर अस्पतालमा अन्य बिरामीलाई स्थानान्तरण गरेर कोभिड बिरामीका लागि १५० बेड पुर्‍याइएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले बताए। रासस

चितवनमा आइसोलेसन थप्ने तयारी

चितवनमा छिटै ३ सय २० वेडको आइसोलेसन तयार गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को सोमबार साँझ बसेको बैठकले भरतपुर महानगरमा कम्तिमा २ सय र अन्य हरेक स्थानीय तहमा २० बेड आइसोलेसन वार्ड तयार गर्ने निर्णय गरेको छ ।चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जतिसक्दो छिटो आइसोलेसन वार्ड तयार गर्न स्थानीय […]