मधेश प्रदेशको नामाकरण भएको एक वर्ष हुँदा पनि सरकारी लेटर-प्याडमा प्रदेश २ नै उल्लेख

धनुषा – मधेश प्रदेशको नामाकरण भएको एक वर्ष हुँदा पनि प्रदेश सरकारका सरकारी कार्यालयमा अहिले पनि प्रदेश २ नै लेख्ने गरिएको छ । लेटर-प्याडमा मधेश प्रदेशको सट्टा प्रदेश २ नै उल्लेख छ । मधेश प्रदेशको मन्त्रीमण्डलको विस्तारसम्बन्धि जानकारी प्रदेश प्रमुख कार्यालयले गराएको विज्ञप्तिमा प्रदेश २ लेखिएको छ । यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले सपथपछि पहिलो निर्णय गरेको आदेशमा पनि प्रदेश २ नै लेखिएको थियो । नयाँ लेटरप्याड नछपाएको कारण यस्तो भएको प्रदेश प्रमुख हरिशंकर मिश्रले बताउनुभएको छ । वि.स २०...

सम्बन्धित सामग्री

आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण हुन्छः मुख्यमन्त्री राई

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण हुने दाबी गरेका छन्। बुधबार संचारकर्मीहरुसँगको कुराकानी गर्दै मुख्यमन्त्री राईले सो दावी गरेका हुन्। प्रदेश २ को समेत नाम र राजधानी टुंगिएको अवस्थामा मुख्यमन्त्री राईले सो दावी गरेका हुन्।

कहिले हुन्छ प्रदेश १ को नामाकरण?

मोरङ– प्रदेश २ को नामाकरण टुंगिएसँगै प्रदेश १ मा नामाकरणको विषयमा पुनः बहस सुरु भएको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू मुख्यमन्त्रीमा निर्वाचित भएलगत्तै प्रदेशको नामाकरण गर्ने घोषणा गरेका थिए। यसैबीच मुख्यमन्त्री राईले संसद बैठक बस्न नसक्दा नामाकरणको काममा ढिलाइ भइरहेको बताएका छन्।  उनले भने, ‘नामाकरणको विषय संसदले टुंगो लगाउने हो। नयाँ सरकार बनेयता संसद बैठक […]

प्रदेश १  मात्र  बन्यो नामविहीन प्रदेश

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेश २ ले नाम पाएपछि अब एक मात्र प्रदेश कामविहीन भएको छ । सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ को भने नामकरण हुन नसकेको हो । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ । २०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो । मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामकरण हुन सकेको छैन । दे

प्रदेशको नाम र राजधानी तय भएको खुसियालीमा सार्वजनिक बिदा

काठमाडौँः प्रदेशको नामाकरण र राजधानी तोकिएको खुसियालीमा मधेश प्रदेशमा बिदा घोषणा गरिएको छ। सोमबार प्रदेश सभाले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम तोकेको थियो।  मधेश प्रदेशका आर्थिक मामिला मन्त्री शैलेन्द्र साहले मंगलबार बिदा घोषणा गरिएको बताए।  निर्वाचनको चार वर्षपछि प्रदेशको नामाकरण गरिएको हो।

लोसपाले बनायो वार्ता समिति

लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को नामाकरण तथा राजधानी तोक्ने विषयमा छलफल गर्नका लागि प्रदेशसभा सदस्य रानी शर्माको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश २ को नाम मधेश प्रदेश र राजधानीको जनकपुर राख्ने विषयमा लोसपाले प्रदेश २ मा रहेका अन्य दलहरुसँग वार्ता गर्न समिति बनाएको हो । सो वार्ता समितिमा सदस्यहरु प्रमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहेका छन् ।पुस ८ गते सत्ताधारी दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामाकरण र राज

यो अधिवेशनमा प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाउँछौँ : मुख्यमन्त्री राउत

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूहरुको कमीकमजोरीका कारण प्रदेशको स्थायी राजधानी तथा नामाकरण हुन नसकेको बताएका छन् । उनले भने, ‘सधैँ महत्वपूर्ण रहिआएको नामाकरण र राजधानी विभिन्न कारणले गर्दा मुख्यमन्त्रीको हैसियतले मेरै ढिलासुस्ती तथा विधिन्न परिस्थितिले गर्दाले गर्दा हामीले टुङ्गयाउन सकेका छैनौँ ।’ बुधबार प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको […]

दलीय खिचातानीका कारण प्रदेश– २ काे नाम र राजधानी अझै टुङ्गो लागेन (भिडियाेसहित)

प्रदेश– २ को सत्तापक्ष तथा विपक्षी दलहरुको अडानका कारण प्रदेशको नामाकरण र स्थाई राजधानीको टुगो लाग्न सकेको छैन । सहमति हुन नसकेकै कारण नामाकरण र राजधानीका लागि अघि सारिएका प्रस्तावहरु फेल हुने गरेका छन् । बहुमत हुँदाहुँदै आन्तरिक मतभेदका कारण नाम र राजधानी पाउन नसकेको सत्तारुढ दलको भनाइ छ ।

प्रदेश २ : प्रदेश र राजधानीको नामको प्रस्ताव दर्ता गराउन सूचना जारी

प्रदेश नम्बर २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको समयमा प्रदेश सभाले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउनका लागि आह्वान गरेका हुन् ।प्रदेशसभा सचिव यादवले जारी गरेको सूचनामा वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन भनिएको छ । नामाकरण र राजधान