प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेश २ ले नाम पाएपछि अब एक मात्र प्रदेश कामविहीन भएको छ । सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ को भने नामकरण हुन नसकेको हो । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ । २०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो । मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामकरण हुन सकेको छैन । दे