बर्दिया : लगातारको बर्षाका कारण बर्दिया बाढीको उच्च जोखिममा रहेको छ। बर्दियाका कर्णाली, बबई, ओराही लगायतका नदीमा पानीको बहाव बढेको छ।गेरुवा गाउँपालिका क्षेत्रमा कर्णाली नदीमा बढिरहेको पानीको बहावले बस्ती कटान गरिरहेको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कर्णाली नदीमा पानीको बहाव शुक्रबार दिउसो सम्म ८.८० को रेञ्जमा पुगेको बताए। १० सम्म पुगे जोखिम प्रवल रहन्छ।सत्तिघाटको पुलको नजिक पनि बाढीले बटान गरिरहेको उनले बताए। लगातार पानी परिरहेकाले पानीको बहाव बढ्न गई थप जोखिम नि