कावासोती– केरुङगे खोलामा भइरहेको अव्यवस्थित उत्खननका कारण नवलपुरको सदरमुकाम कावासोती बाढीको उच्च जोखिममा रहेको छ । केरुङगे खोलाको मुहान क्षेत्रमा संरक्षणको अभाव र तल्लो क्षेत्रमा अव्यवस्थित उत्खननका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सदरमुकाम कावासोती बाढीको उच्च जोखिममा परेको हो । खोलाको मुहानको रुपमा मानिएको राम्चे क्षेत्रमा भूक्षयीकरण हुने क्रम बढ्दै जाँदा र तल्लो क्षेत्रमा केरुङ्गेको […]