निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा

एक साताको लगातार वर्षाका कारण बूढीगङ्गा नदीमा पानीको बहाव बढेपछि बडिमालिका नगरपालिका–६ जडाङ्गा र वडा नं ४ ओलेनामा निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा रहेको छ । एक स्पामसम्मको भाग सम्पन्न भइसकेको पुललाई थामेका टेका, स्याल्याब नदीको बहावले बगाउने सम्भावना देखिएको छ । प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुलको केही महिनाअघिमात्र काम शुरु गरिएको थियो । साँफे–मार्तडी सडक खण्डमा पर्ने सो मोटरेपुल २०७३ साल असार ३० गतेदेखि २०७५ असार ३० गते पुल निर्माणका लागि रु नौ करोड ८३ ल

सम्बन्धित सामग्री

निर्माणाधीन मोटरेबल पुल भत्कियो

भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका-२ कुदाकाउले र साल्पासिलिछो गाउँपालिका-३ चौकिडाडाँ जोड्ने इर्खुवास्थित तामुटार खोलामा बन्दै गरेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको हो ।

मनाङमा मोटरेबल पुलको निर्माणकाे काम अलपत्र

मनाङ प्रशासनले वर्षौंदेखि अलपत्र रहेको मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल र वडानम्बर ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षाैंदेखि निर्माण अलपत्र अवस्थामा छ । निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको हो ।  करिब पाँच वर्षअघिबा

वर्षौंदेखि दुईवटा मोटरेबल पुल निर्माणकार्य अलपत्र

लमजुङ- जिल्ला प्रशासन कार्यालय मनाङले वर्षौंदेखि अलपत्र दुईवटा मोटरेबल पुल निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत मस्र्याङ्दी नदीमा निर्माणाधीन दुईवटा मोटरेबल पुलको काममा ढिलाइ भएपछि प्रशासनले ताकेता गरेको हो ।जिल्लाको ङिस्याङ गाउँपालिका–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न […]

निर्माणाधीन मोटरेबल पुल ढलानको तयारीमा

रामधन राई, खोटाङ । खोटाङको दुई स्थानीय तह जोड्ने सडक खण्डबीचमा पर्ने निर्माणाधीन मोटरेवल पुल ढलानको तयारीमा रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिकाको बास्पानी जोड्ने ताप खोलाको पक्की पुल ढलानको तयारी गरिएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय १ नम्बर प्रदेश यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम उदयपुरको लगानीमा […]

'ए ठेकेदार साप, पुल बनाउनु पर्दैन ?'

स्याङ्जाको आँधीखोलामा निर्माणाधीन मोटरेबल पुल सात वर्षदेखि अलपत्र परेको छ । आँधीखोला गाउँपालिका सेतीदोभानस्थित खोलामा निर्माण थालिएको मोटरेबल पुल अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।२ करोड ८९ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण व्यवसायी कान्छाराम–आशेष जेभी कास्कीले पुल निर्माणको ठेक्का लिएको थियो । आँधीखोला गाउँपालिकाको ५ र ६ नम्बर वडा जोड्ने पुल निर्माणका लागि ठेक्का पारेका मुल ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) ले अर्को ठेकेदार ऋषिराम गौतमलाई निर्माणको जिम्मा लगाएका थिए ।आँधीखोलामा २०७३

तस्वीर : रुप्से खोलामा आएको बाढीले क्षति पुर्‍याएको निर्माणाधीन मोटरेबल पुल

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढीले क्षति पु¥याएको निर्माणाधीन मोटरेबल पुल । विसं २०७७ साउनको बाढीले निर्माणाधीन पिल्लर लडाएपछि यो पुलको काम अघि बढ्न सकेको छैन । तस्वीर : रासस

तस्वीर : फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पुल

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डको सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुल । ठेक्का लिएको कम्पनीको लापरवाहीका कारण पाँच वर्ष बितिसक्दा पनि भौतिक प्रगतिको काम आधा मात्र पूरा भएको छ । तस्वीर : रासस

तस्वीर : राहुघाट नदीमा निर्माणाधीन मोटरेबल पुल

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको सिमानास्थित राहुघाट नदीमाथि निर्माणाधीन मोटरेबल पुल । एक वर्षअघि नै निर्माण सकिने लक्ष्य लिइएको उक्त मोटरेबल पुल अझै पूरा भएको छैन । तस्वीर : रासस

बनिनसक्दै मोटरेबल पुल सञ्चालनमा ल्याइयाे

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको निर्माणाधीन मोटरेबल पुल सञ्चालनमा ल्याइएको छ।...

निर्माणाधीन मोटरेबल पुल भत्कियो

मनाङको ङिस्याङ गाउँपालिका–४, हुम्डेस्थित मस्र्याङ्दी नदिमाथि निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । तीन वर्षअघिबाट निर्माण सुरु भएको पुल करिब ७० प्रतिशत काम सकिएपछि भत्किएको हो ।