काठमाण्डाै - सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म बाटो तयार भएको छ ।
दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति र त्यसभन्दा माथि आरोही आफैँले बाटो तयार पारेका हुन् । अहिले आरोहीहरु चौथो शिविरसम्म पुग्न थालेका सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो । चौथो शिविरबाट मौसम अनुकूल बनाएर बाटो बनाउँदै शिखरसम्मको बाटो बनाइन्छ । बाटो बनाउनका लागि भर्याङ, डोरीलगायतका सामग्री प्रयोग गरिन्छ।
यसरी बनाइन्छ सगरमाथामा बाटो
सगरमाथाको दोश्रो शिविरसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समि...