राष्ट्रिय गौरवको भेरी-बबई आयोजनामा निर्माण सामग्री अभाव

सुर्खेत : कोरोना महामारी फैलन नदिन निषेधाज्ञा लगाइएका बेला पनि जोखिम मोलेरै भएपनि विकास निर्माणका कामहरू अघि बढाउन खोजिएको छ। तर, निर्माण सामग्री अभाव भइरहेको छ।राष्ट्रिय गौरवमा सूचीकृत भेरी-बबई आयोजना यस्तै एक उदाहरण हो। जहाँ निर्माणकार्य त अघि बढाउन खोजिएको छ, तर निर्माण सामग्री अभाव भइरहेको छ। यो आयोजना सुर्खेतमा पर्छ।‘रड (सरिया) अभाव भइसक्यो, सिमेन्ट पनि सकिन लागेको छ,’ आयोजनाका इञ्‍जिनियर एवम् सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले भने, ‘कोरोनाका कारण निर्माण कम्पनी

सम्बन्धित सामग्री

कालीगण्डकी करिडोरः लमाए खोलामा पुल पुनर्निर्माण सुरु

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा पर्ने लमाए खोलाले बगाएको मोटरेबल पुल पुनर्निर्माण सुरु गरिएको छ । स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो । कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी २०० दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवानासहित काममा लगाइएको बताए […]

निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडक ठप्प

पर्वत, २१ कात्तिक । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज अच्युतविलास पन्तले जानकारी दिए […]

निर्माण सामाग्री अभावले राष्ट्रिय गौरवको आयोजना ठप्प

पर्वत- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नत्तीको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इञ्जिनीयर तथा साइड इन्चार्ज अच्युतविलास पन्तले जानकारी दिए । सम्झौता अवधि […]

निर्माण सामग्री अभावले सडक स्तरोन्नति ठप्प

पर्वत, १९ चैत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन् गर्न नपाएको भन्दै निर्माण कम्पनीले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकेको हो । पर्वतको कुश्मा नगरपालिका-१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिका-८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको सदरमुकाम […]

निर्माण सामग्री अभावमा मालढुंगा-बेनी सडक अलपत्र

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने मालढुंगा–बेनी सडक स्तरउन्नति कार्य अलपत्र परेको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम अलपत्र बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी […]

समितिको अध्ययन प्रतिवेदन राष्ट्रियसभामा पेस

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरेकी छिन् ।आज बसेको राष्ट्रियसभाको बैठकमा उनले सो प्रतिवेदन पेस गर्दै समयमै सहज र सरल रूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको विषय प्रतिवेदनमा उल्लेख गरिएको जानकारी गराइन् । नदीजन्य निर्माण सामग्री दस्तुर लिएर मात्र उपलब्ध गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।ठेक्का व्यवस्थापनमा रहेका कमी–कमजोरीका कारण पनि आयोजना नि

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्री अभाव

वीरेन्द्रनगर । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्रीको अभाव हुन थालेको छ । निषेधाज्ञाका कारण निर्माण सामग्रीसहित कामदारको समेत अभाव हुन थालेको आयोजनाले जनाएको छ । ‘निषेधाज्ञाका कारण आयोजनामा निर्माण सामग्रीको पनि अभाव हुन थालेको छ । अहिले रड (सरिया) र सिमेन्ट अभाव भएको छ’, आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले भने । आयोजनाले ३२–३३ एमएमका सरिया प्रयोग गर्दै आएको छ । तर, बजारमा उक्त साइजका सरिया पाइँदैनन् । सरियाका लागि आयोजनाले कम्पनीमै अर्डर दिनुपर्छ । प्रयोगशालामा गुणस्तर पास भए मात्रै सरिया प्रयोगमा ल्याइन्छ । यदि गुणस्तर नभए आयोजनाले सरिया कम्पनीमै फिर्ता पठाइदिने गरेको छ । कोरोनाका कारण निर्माण कम्पनीमा उत्पादन बन्द हुनु र बजारमा ठूलो तथा गुणस्तरीय सरिया नपाएकै कारण आयोजनालाई सरिया अभाव भएको हो । तिवारी भन्छन्, ‘कोरोनाका कारण निर्माण कम्पनी बन्द हुँदा सरिया अभाव भएको हो ।’ आयोजना निर्माणको पूर्वनिर्धारित समय सकिन अब दुई वर्ष मात्रै बाँकी छ । अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजनाले सरिया प्रयोग हुनेबाहेकका काम जारी राखेको छ । आयोजनासँग सिमेन्ट पनि पर्याप्त छैन । कोरोनाकै कारण मजदुर र निर्माण सामग्री अभावले तोकिएकै समय आयोजना सम्पन्न हुनेमा आशंका उब्जिएको छ । ‘एक महिना निषेधाज्ञा हुँदा तीन महिना पछाडि धकेलिन्छ,’ तिवारी भन्छन्, ‘कोरोनाकै कारण आयोजना निर्माणमा ठूलो घाटा पुगेको छ ।’ पूर्वनिर्धारित समयअनुसार आर्थिक वर्ष ०७९/८० मा आयोजना सम्पन्न भइसक्नुपर्छ । तर, तोकिएको समयभित्र काम सम्पन्न हुनेमा भने आशंका छ । पूर्व निर्धारित समयावधि सकिन अब दुई वर्ष मात्रै बाँकी छ । अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पूर्वनिर्धारित समय आयोजना सम्पन्न गर्न दुई वर्षमा ५३ प्रतिशत काम सम्पन्न हुनुपर्छ । सुरुङ निर्माणजस्तो जटिल कार्य सम्पन्न भइसकेका कारण बाँकी काम पनि तोकिएकै समय हुने उनको दाबी छ । उसो त पहिलो चरणमा सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न भएको थियो । तर, दोस्रो चरणको काम सुस्त छ । दोस्रो चरणअन्तर्गत आयोजनाको २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसमा महत्वपूर्ण मानिएको विद्युत्गृह निर्माणको काम झनै सुस्त छ । बाँधको कामसमेत अपेक्षित गतिमा हुन सकेको छैन । नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्नेछ । पानीको बहाव बढी हुने भएकाले वर्ष दिनमा चार महिना मात्रै बाँधको काम गर्न सकिन्छ । बाँध र पावर हाउस (विद्युत्गृह) निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन् । भेरी नदीको पानी भेरीगंगा नगरपालिका–९ चिप्लेबाट वडा नम्बर १ को हात्तीखाल बबईमा खसालिनेछ । आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र हात्तीखालमा ४८ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।

तमोर करिडोर निर्माण कार्य स्थगित

रासस। दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरको निर्माणकार्य ताप्लेजुङको इलाडाँडा पुगेर स्थगित भएको छ। लकडाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएकाले निर्माणकार्य स्थगित भएको हो।चीनतर्फ सडक सञ्जाल जोडिन चार किमीमात्रै बाँकी छ। तमोर करिडरले नेपाललाई चीन र भारतसँग जोड्ने छ। असार मसान्तअगाडि नै चीनसँग सडक सञ्जालले जोड्न लक्ष्य रहे पनि कोरोनाका कारण काम अघि बढ्न सकेको छैन।

पर्साको वीरगंज-ठोरी हुलाकी राजमार्ग निर्माणको काम ठप्प, यस्ता छन् समस्या

वीरगंज : सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको वीरगंज-ठोरी हुलाकी सडक निर्माणको काम ठप्प भएको छ। लकडाउनका बेला पनि सरकारले राष्ट्रिय गौरवका काममध्ये हुलाकी सडक निर्माण गर्न भने पनि आवश्यक निर्माण सामग्री उपलब्ध नहुँदा काम रोकिन पुगेको हो। वीरगंजको प्रतिमा चोकदेखि ठोरीसम्म ६० किलोमिटर हुलाकी सडकमध्ये वीरगंजदेखि पर्साको सेढवासम्मको