वीरगंज : सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको वीरगंज-ठोरी हुलाकी सडक निर्माणको काम ठप्प भएको छ। लकडाउनका बेला पनि सरकारले राष्ट्रिय गौरवका काममध्ये हुलाकी सडक निर्माण गर्न भने पनि आवश्यक निर्माण सामग्री उपलब्ध नहुँदा काम रोकिन पुगेको हो।
वीरगंजको प्रतिमा चोकदेखि ठोरीसम्म ६० किलोमिटर हुलाकी सडकमध्ये वीरगंजदेखि पर्साको सेढवासम्मको