तमोर करिडोर निर्माण कार्य स्थगित

रासस। दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरको निर्माणकार्य ताप्लेजुङको इलाडाँडा पुगेर स्थगित भएको छ। लकडाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएकाले निर्माणकार्य स्थगित भएको हो।चीनतर्फ सडक सञ्जाल जोडिन चार किमीमात्रै बाँकी छ। तमोर करिडरले नेपाललाई चीन र भारतसँग जोड्ने छ। असार मसान्तअगाडि नै चीनसँग सडक सञ्जालले जोड्न लक्ष्य रहे पनि कोरोनाका कारण काम अघि बढ्न सकेको छैन।

सम्बन्धित सामग्री

'ब्रेक थ्रु' भएसँगै चीनसँग जोडियो तमोर करिडोर

६ वर्षअघि २०७४ फागुनबाट निर्माण कार्य सुरु भएको फुङलिङ–ओलाङचुङगोला सडकको ट्रयाक ओपनको तयारी पूरा भएपछि ब्रेक थ्रु गरिएको सडक निर्माण कम्पनी एलाइट जेभीका साइट इञ्चार्ज राजीव लामिछानेले बताए।

तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ – पूर्वी नेपालको समृद्धिको ढोका मानिएको तमोर करिडोर अन्तर्गत पर्ने तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  ताप्लेजुङको ओलाङचुङगोला नाका हुँदै चीनसँग जोडिने नेपालकै सबैभन्दा छोटो राजमार्गमा रहेको तमोर नदीको पूल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।   ९ वर्ष अगाडि तत्कालीन समभाम...

ओलाङचुङगोला जाेड्ने तमोर करिडोर सडक निर्माणको कार्य अन्तिम चरणमा

धनकुटा – धनकुटाको मुलघाटदेखि ताप्लेजुङ हुँदै चीनको सिमानामा रहेको ओलाङचुङगोलासम्मको तमोर करिडोर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटाको मुलघाटदेखि २०६६ सालबाट सुुरु गरिएको तमोर करिडोर अन्तरगतको ट्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । तमोर करिडोर सडकले मध्यपहाडी लोकमार्गलाई जोड्न करिब २५ किलोमिट...

तमोर नदीको पुल फागुनभित्रै बनिसक्ने

१२ पुस, ताप्लेजुङ । सम्झौताअनुसार ठेकेदारले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र परेको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल आगामी फागुनभित्रै बन्ने भएको छ । ताप्लेजुङको क्षेत्र नं १ र २ जोड्ने उक्त पुलको निर्माण कार्य आगामी फागुन मसान्तभित्रै सक्ने गरी काम भइरहेको तमोर करिडोर आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिए …