ताप्लेजुङ – किवीले बजार नपाएपछि ताप्लेजुङका किसान चिन्तित बनेका छन् । किवीले बजार नपाउँदा बिक्री नभएर त्यसै खेर जाने अवस्थामा रहेको किसानको गुनासो छ । फुङलिङ नगरपालिका ७ दोखुका किसान राजकुमार गुरुङले ३० क्विन्टल (तीन हजार किलो) किवी उत्पादन गरेको बताउनुभयो । ३० क्विन्टल किवीमध्ये चार क्विन्टलमात्र बिक्री भएको बताउँदै उहाँले बाँकी किवी कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता रहेको बताउनुभयो । बिक्री नभएका किवी छिमेकी तथा विभिन्न ठाउँमा रहेका आफन्तलाई उपहारसमेत पठाएको गुरुङले सुनाउनुभयो । होलसेल प्रतिकेजी ए...