सल्यान : प्रशासनले निषेधाज्ञा जारी गर्दा सल्यानका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ। विश्वभर फैलिएको कोभिड १९ को संक्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लिन तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका छन्।बजारसम्म तरकारी पुर्याउन र पुर्याएको तरकारी पनि बिक्री नभएपछि तरयकारी बारीमै सड्न थालेको शारदा नगरपालिका ६ बरलाका किसान लोकबहादुर भण्डारीले बताए। १४ रोपनीमा लगाएको तरकारी बिक्री नहुँदा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको