रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेको तीन सय दिन पुगेको छ। यस अवधिमा युक्रेनका धेरै शहरहरू ध्वस्त बनेका छन्। तर पनि युक्रेनले हार मानेको छैन। रुसले आक्रमण गर्न छोडेको छैन। रुसले चार करोड ४० लाख जनसंख्या भएको युक्रेनमाथि जल, थल र आकाश तीनैतिरबाट विध्वंशक आक्रमण गरिरहेको छ।फेब्रुअरी २४ मा रुसले युक्रेनको दोनेत्स्क र लुहाँस्कमा आक्रमण सुरु गरेको थियो । त्यसपछि राजधानी किभ र खर्खिभलगायतका सहरमा अहिले पनि आक्रमण गरिरहेको छ।गत जुनमा युद्धमा दैनिक एक सयदेखि दुई सय युक्रेनी सैनिक मारिने गर