काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको कार्यभार सम्हालेको एक सय दिन पुग्यो । जनादेशबाट नभई अदालतको परमादेशबाट बनेको भनेर उत्पतिमै आलोचित वर्तमान सरकारको हनिमुन पिरियड भनिने सय दिन औसतबाट माथि जान सकेन । दोस्रो चरणको कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेका बेला सरकार गठन गरेका देउवाले तीन महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् । […]