माधव बेल्वासेचन्द्रौटा : स्थानीय तहको निर्वाचन भएको एक सय दिन पुगेको छ। कार्यभार सम्हालेको सय दिन पुग्दानवनिर्वाचित जनप्रतिनिधिले कुरा धेरै र काम थोरै गरेको देखिएको छ।निर्वाचित भएको एक महिना स्वागत र सम्मानमा व्यस्त रहेका उनीहरू असार लागेसँगै नीति तथा कार्यक्रम बनाउनतर्फ केन्द्रित भए। जेठ ३ गते शपथ ग्रहण गरेका जनप्रतिनिधिले सय दिनको प्रगति विवरणसमेत सार्वजनिक गरेका छैनन्।टोल टोलमा योजना माग गर्दै असार १५ सम्म बजेट ल्याएका उनीहरू त्यसपश्चात् कामविहीन जस्तै