रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठामाण्डाै – रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहितका २७ जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।  विद्युतीय सामानहरू खरिद गर्दा खरिद समिति नबनाइ, टेन्डर तथा सूचना जारी नगरि, आफू अनूकलको उपभोक्ता समिति गठन गरी र प्राविधिक नाप/जाँच नगरि भुक्तानी दिएको भन्दै खड्कासहित २७ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।   सबैलाई अलग–अलग बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले ...