काठमाडौं, ११ मंसिर । दोलखाको लामबगर नाकाबाट भएको सुन तस्करी गिरोहमा संलग्न २७ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीले दुई महिना लामो अनुसन्धान सकेर सुन तस्करीबारे प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । हिजो (आईतबार) सरकारी वकिलको कार्यालयले उक्त कसुरमा संलग्न २७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत दोलखामा मुद्दा दायर गरिएको हो । […]