रामेछापको लिखु गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अध्यक्ष खड्कासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु राजु प्रसाद न्यौपाने र टंकप्रसाद चौलागाई, लेखापालहरू तथा विभिन्न उपभोक्ता समितिका अध्यक्ष समेत २७ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भष्टाचार गरेकोमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरुमाथि चार करोड २१ लाख बढी बिगो दाबी गरिएको छ । अख्तियारले उपभोक्ता समितिका नाममा भ्रष्टाचार गर