झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएको औषधि बरामद गरेको छ । आठ लाख एकचालीस हजार तिन सय सन्तानब्बे बराबरको विभिन्न औषधीहरु प्रहरीले बरामद गरेको हो। सोमबार कचनकवल गाउँपालिका वडा नं १ कुट्टिमा भारतबाट नेपालतर्फ आउदै गरेका २ पुरुषले ल्याएको सो अवैध औषधि प्रहरीले बरामद गरेको हो। कुट्टिबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखिपछि ती पुरुषहरु बोरा छाडेर भागेका थिए ।