भन्सार छलेर ल्याइएको ७५ लाख ५६ हजार ८०० बराबरको औषधि सिरहा प्रहरीले आज बरामद गरेको छ ।
भारतबाट नेपाल आउँदै गरेको लु १ स ८००७ नम्बरको गाडी जाँच गर्ने क्रममा भन्सार छलीका औषधिहरू फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीलाई देखेपछि चालक भागेका थिए । बरामद सामानहरू थप अनुसन्धानका लागि भन्सार कार्यालय ठाडी सिरहामा पठाइएको प्रहरीले जनाएको छ ।