निषेधाज्ञाले बिक्री भएनन् हाँस, किसानलाई दाना खुवाउन धौधौ

तनहुँको व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रूपमा पालेका स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ । दोस्रो भेरियन्ट सहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरूपमा बन्द हुँदा हाँस बिक्री नभएको हो ।  किसान पन्थले व्यास नगरपालिका–१३ को गुदीमा कडकनाथ कुखुरा २ हजार र टर्की ५०० पालेका छन् भने सोही वडाको पोखरीभञ्ज्याङमा २ लाख माछा र ८ हजार हाँस पालेका छन् । करीब १४ करोड रुपैयाँको लगानी गरी फार्म सञ्चालनमा ...

सम्बन्धित सामग्री

चितुवाले आशिषको दुई सय कालिज मार्याे

स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ जैपातेस्थित सित्मामा आशिष न्यौपानले सञ्चालन गरेकोे  ‘आशिष दाई बहुद्देश्यीय कृषि फार्म’मा चितुवा पसेर कालिज सखाप पारेको छ।आज बिहान फार्ममा दानापानी दिन जाँदा कालिज मृता भेटिएको थियो। करिब दुई सय २० को हाराहारीमा कालिज रहेकामा एक सय ९० वटालाई चितुवाले मारेको सञ्चालक न्यौपानेले बताए।“म र मेरी श्रीमती दाना खुवाउन फार्ममा पसेका थियौँ, अचानक कालिज मरेका र घाइते कालिज छट्पटाएको देख्दा अताल्लियौँ”, उनले भने, “श्रीमतील

दाना उत्पादन गर्दै कुखुरा विकास फार्म

बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले दाना उत्पादन सुरु गरेको छ । लुम्बिनी प्रदेशको एक मात्र सरकारी फार्मले १२ हजार प्यारेन्ट कुखुरा (अन्डा उत्पादन गर्ने माउ)का लागि दाना उत्पादन सुरु गरेको हो । यो फार्मले ‘एल थ्री’ दाना उत्पादन सुरु गरेको सो फार्मका प्रबन्धक डा. शङ्कर न्यौपानेले जानकारी दिनुभयो । उहाँले गुणस्तरीय दाना उत्पादन सुरु गरेर खुवाउन थालेपछि अन्डा उत्पादनमा २० प्रतिशत वृद्धि भएको बताउनुभयो ।

पनौतीका १३५ किसानलाई भैंसी सुत्केरी भत्ता

काभ्रे : पनौती नगरपालिकाले भैंसी सुत्केरी भत्ता वितरण गरेको छ। १३५ जना किसानलाई भैंसी सुत्केरी भत्ता वितरण गरिएको हो।नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले आर्थिक वर्ष २०७८/७९ को भैंसी सुत्केरी भत्ता कार्यक्रमअन्तर्गतको दोस्रो किस्ता वापतको ६ लाख ३५ हजार रुपौयाँ वितरण गरिएको जनाइएको ।नगरप्रमुख भीम न्यौपानेले पशु उत्पादनलाई बढावा दिन, सुत्केरी पशुको आहारा तथा सुसारमा कमी नहोस् भनी भैंसी सुत्केरी भत्ता कार्यक्रम ल्याएको बताए। सुत्केरी भत्ता बाषतको रकमबाट भैंसीलाई पोषणयुक्त भिटामिनलगायतका पोषिलो दाना

बौद्धमा देखिएको बिहानी दृश्य

काठमाडौं : जाडो बढेको छ। बिहानको शीतबाट बच्न मानिसहरु कमै मात्र घरबाट बाहिर निस्किँदैछन्। यसबिच बौद्ध स्तपू भने बिहानैबाट मानिसहरुको उपस्थिति हुन्छ। कोही प्रार्थना गर्न आउँछन् त कोही घुम्न। केही भने चराहरुलाई दाना खुवाउन। बौद्धमा देखिएको बिहानी दृश्य :

बागलुङमा पनि हिमपात

बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्ष लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिजो साँझदेखि ढोरपाटन क्षेत्रमा हिमपात भएको स्थानीय चुना घर्ती मगरले जानकारी दिनुभयो । हिमपातका कारण स्थानीयको जनजीवन कष्टकर भएको छ । ढोरपाटन लगायत जिल्लाको निसीखोला, तमानखोला, गाँजाको दहमा पनि बाक्लो हिमपात भएको छ । हिमपातका कारण पशुचौपायालाई घाँस, दाना खुवाउन […]

माछा पोखरीमा डुवेर चौधरीको मृत्यु

राजविराज । माछालाई दाना खुवाउन पोखरी पसेका एक व्यक्तिको आज डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ ईटहर्वाका ५२ वर्षीय बाबुनन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै माछापोखरीमा दाना हाल्न पोखरी गएका चौधरी घर नफर्केपछि आफन्तजनले खोज्ने क्रममा उनको शव पोखरीमा फेला पारेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले […]

बाँकेमा दाना उद्योग स्थापना, प्रतिघण्टा ६ टन दाना उत्पादन हुने

साउन २४, बाँके । बाँकेको खजुरास्थित कुखुरा विकास फार्मले आफैँ दाना उत्पादन उद्योग स्थापना गरेको छ ।  कुखुरा, बाख्रा र गाईभैँसीलाई आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्देश्यले स्थापित सो उद्योगको  भवन निर्माण गर्नाका साथै आवश्यक उपकरण पनि जडान गरिएको छ । सो कार्यका लागि हालसम्म रू. एक करोड दुई लाख लगानी भइसकेको फार्मका प्रबन्धक डा शंकर न्यौपानेले जानकारी दिए । उनका अनुसार भवनका लागि रू. ३८ लाख र जेनेटरसहित अन्य उपकरणका लागि रू. ६४ लाख जति खर्च भएकोे छ ।  उद्योगबाट प्रतिघण्टा ६ टन दाना उत्पादन गर्न सकिने छ । उत्पादित दाना फर्ममा रहेका कुखुरालाई खुवाउन र सरकारी फार्मअन्तगर्तका अन्य फार्मलाई उपलब्ध गराउन र चल्ला तथा कुखुरा खरीद गरेर लैजाने किसानलाई सहुलियत दरमा विक्री गरिने उनले बताए । उत्पादित दाना बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा किसानलाई विक्री गर्ने लक्ष्य रहेको फार्मले जानकारी दिएको छ । सरकारी फार्ममै दानाको उत्पादन हुन लागेकामा ग्रामीण भेगका किसान हर्षित छन् । रासस

दूध उत्पादनको लागत घटाउन चितवनमा 'साइलेज' दाना उत्पादन

चितवन : दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुर महानगरपालिका–६ केशरबागस्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले साइलेज उत्पादन गर्न थालेको छ। दुधेलो मकै र घाँसको ढोडलाई मेशिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ।साइलेजलाई मेशिन (साइलेज ब्यालर)ले नै प्लाष्टिकमा प्याकिङ गर्छ। प्याकिङ गरिएको एउटा साइलेजको तौल एक क्विन्टलभन्दा बढी हुन्छ। यसरी तयार पारिएको साइलेज जाडो याममा ४५ दिन र गर्मी याममा २८ दिनपछि पशुहरुलाई खुवाउन उपयुक्त हुन्छ।गाई भैंसीका लागि साइलेज पौष्टिक आहार हो। सा

दाना सकिएपछि खच्चडलाई खाद्यसंस्थानको चामल खुवाइँदै

गोरखा : विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम गर्न 'लकडाउन' कार्यान्वयनमा आएपछि उत्तरी गोरखाका सयौँ संख्यामा रहेका खच्चडलाई खुवाउने दाना सकिएको छ। दाना सकिएपछि व्यवसायीहरुले चामल खुवाउन थालेका हुन्। ‘पहिले किनेर राखेको दाना सकियो,’ व्यवसायी गर्भू गुरुङले भने, ‘खच्चडलाई भोकै राख्न भए...

कुखुरापालन र राजनीति सँगसँगै

कुनै बेला बन्दुक समातेर वर्गीय मुक्तिका लागि जंगल–जंगल चहार्दै हिँडेका तत्कालीन नेकपा माओवादीका एक जना कमाण्डर अहिले बाँकेमा राजनीतिसँगै कुखुरापालनमा व्यस्त छन् । माओवादी युद्धमा लागेर कयौं पटक बन्दुक पड्काएका बाँके खजुराका राजकुमार विकका हात अहिले कुखुरालाई दाना खुवाउन व्यस्त छन् ।