दाना उत्पादन गर्दै कुखुरा विकास फार्म

बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले दाना उत्पादन सुरु गरेको छ । लुम्बिनी प्रदेशको एक मात्र सरकारी फार्मले १२ हजार प्यारेन्ट कुखुरा (अन्डा उत्पादन गर्ने माउ)का लागि दाना उत्पादन सुरु गरेको हो । यो फार्मले ‘एल थ्री’ दाना उत्पादन सुरु गरेको सो फार्मका प्रबन्धक डा. शङ्कर न्यौपानेले जानकारी दिनुभयो । उहाँले गुणस्तरीय दाना उत्पादन सुरु गरेर खुवाउन थालेपछि अन्डा उत्पादनमा २० प्रतिशत वृद्धि भएको बताउनुभयो ।

सम्बन्धित सामग्री

घरेलु मदिरा उत्पादन नहुने ‘गाजने’ गाउँ

म्याग्दी– म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५औँ शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर र […]

कुखुरा मासुको मूल्य घट्यो

काठमाडौं । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत माघ दोस्रो सातातिर प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुखुरा मासुको मूल्य त्यसपछि बढेर ४ सय रुपैयाँसम्म पुगेको थियो । मंगलवारदेखि लागू हुने गरी मासुको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाएर ३ सय ९० कायम गरिएको छ । भारतीय सीमा नाकाबाट अवैध रूपमा जिउँदो ब्रोइलर कुखुरा र तयारी मासु भित्रिन थालेपछि बाध्य भएर मूल्य घटाउनुपरेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिए । उनका अनुसार नाकामा कडाइ नगर्दा अवैध रूपमा ठूलो मात्रामा नेपालमा जिउँदो कुखुरा र तयारी मासु भित्रिने क्रम बढेको छ । ‘हाम्रोमा भन्दा भारतमा कुखुराको उत्पादन लागत कम छ । त्यसैले उताबाट सस्तोमा ल्याएर यता बेच्ने काम भएकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा बाध्य भएर मूल्य घटाउनुपरेको हो,’ उनले भने । मूल्य घट्दा उपभोक्ताले भने सस्तोमा मासु खान पाएका छन् । तर, अवैध रूपमा कुखुरा र मासु भित्रिँदा स्वदेशी उद्योग संकटमा पर्नसक्ने खतरा बढेको मिश्र बताउँछन् । नेपालको एकमात्र आत्मनिर्भर उद्योगका रूपमा रहेको पोल्ट्रीले कोरोना महामारीपछि विभिन्न उतारचढाव झेल्दै आएको छ । १ सय ६० अर्ब लगानी रहेको उद्योग धराशयी हुने खतरा बढ्दै गएको सरोकारवाला बताउँछन् । मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले पनि सीमापारिबाट सस्तोमा कुखुरा भित्रिँदा र आन्तरिक बजारमा कुखुरा मासुको खपत घट्दा बाध्य भएर मूल्य घटाउनुपरेको बताए । उनका अनुसार बजारमा देखिएको आर्थिक संकटका कारण मासु खपत केही मात्रामा घटेको हो । मूल्य घट्नुको अर्को कारणका रूपमा अहिलेको आर्थिक संकटलाई पनि लिन सकिने उनले बताए । सामान्य अवस्थामा देशभर हरेक दिन ८ लाख किलो कुखुराको मासु खपत हुने गर्छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुन्छ । अहिले समग्र खपत ३० प्रतिशतसम्मले घटेको बिसीको दाबी छ ।

अवैध अण्डा र कुखुरा आयात रोक्न बैठक कक्षबाटै गृहमन्त्रीको फोन

नेपाल अण्डा र कुखुराको मासुमा आत्मनिर्भर भए पनि भारतबाट अवैध रुपमा खण्डा, कुखुरा र चल्ला आयातमा कडाई नहुँदा स्वदेशी व्यवसायी धरासायी हुँदै गएका छन् । अवैध आयातकै कारण चितवनका ३८४ ह्याचरी उद्योगमध्ये हाल २०० मात्रै सञ्चालनमा छन् । विगतमा एक हप्तामा ४५ लाखसम्म चल्ला उत्पादन हुँदै आएकोमा अहिले घटेर २५ लाखमा झरेको छ । त्यसमा …

दैनिक १५ हजार अण्डा उत्पादन, व्यापारी फार्ममै

तनहुँ – नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयर्स’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आएका छन्। जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म सञ्चालन गरेका उनीहरुको फार्ममा हाल १९ हजार कुखुरा छन्। दिनमा १५ हजार अण्डा उत्पादन हुने हुन्छ। खरिदका लागि बाहिरबाट व्यापारी आउने गरेका सञ्चालक थापाले बताएका छन्। उनका अनुसार […]

दैनिक १५ हजार अण्डा उत्पादन, अण्डा लिन व्यापारी फार्ममै

नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयसर्’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आउनुभएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म सञ्चालन गर्नुभएका उहाँको फार्ममा हाल १९ हजार कुखुरा छन् । दिनमा १५ हजार अण्डा उत्पादन हुने भएकाले खरिदका लागि बाहिरबाट व्यापारी आउने हुँदा बिक्री गर्न भौतारिन पर्ने समस्या भएको […]

नेपालमा रानीखेत रोगको  औषधि ट्याब्लेटमा उत्पादन

गाउँघरका लोकल कुखुरा र फार्ममा पालिएका बोइलर कुखुरा लक्षित, एउटा कुखुरालाई पाँच रुपैयाँको औषधि नेपालमा पहिलोपटक रानीखेत रोगविरुद्धको ट्याब्लेट औषधि उत्पादन भएको छ । घातक रोग रानीखेत (न्युक्यासल डिजिज)बाट कुखुरालाई बचाउने उद्देश्यले...

उत्पादन बढेपछि घट्यो कुखुराको मासुको मूल्य

ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । बजारमा उत्पादन बढेपछि मूल्य घट्न लागेको कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको छ । संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ ।यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो । संघले उत्पादन बढेपछि मूल्य घट्न थालेको बताएको छ । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।यस्तै, हाल कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको

कुखुराको मासु किलोको ४१५ रूपैयाँ

काठमाडौं, साउन ३ । कोभिड–१९ को असरले उत्पादन घटेपछि ब्रोइलर कुखुरा मासुको मूल्य बढेर किलोको चार सय १५ रूपैयाँ पुगेको छ। एक महिनाकै अवधिमा कुखुरा मासुको मूल्य किलोमा एक सय रूपैयाँ बढेको हो। चल्ला, दानाको भाउ वृद्धि र कोभिडले जोखिम बढाउँदा ब्रोइलर कुखुरा थोरै उत्पादन भएकाले भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर […]

कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढ्यो

दोलखा, असार १३ । कखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोको प्रकोपले गर्दा कुखुरा उत्पादनमा असर पर्न गई मासुको मूल्य बढेको हो । कारोना महामारीका कारण उत्पादन भएका कुखुरा […]

कुखुराको मासुको मूल्यवृद्धि रोकिएन

काठमाडौं। कुखुराको मासुको मूल्य फेरि बढेको छ। कुखुरा व्यवसायी संघले आज सोमबारदेखि मासुको मूल्य किलोमा ३५ रूपैयाँ बढाएको हो। हिजो आइतबारसम्म कुखुराको मासुको मूल्य प्रतिकिलो ४१५ रूपैयाँ थियो। तर आजदेखि यसको मूल्य ४५० पुगेको छ। लकडाउनका कारण कुखुरा उत्पादन घट्दा बजारमा मागअनुसार मासु आपूर्ति नभएकोले मूल्य बढेको संघले बताएको छ।