दाना सकिएपछि खच्चडलाई खाद्यसंस्थानको चामल खुवाइँदै

गोरखा : विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम गर्न 'लकडाउन' कार्यान्वयनमा आएपछि उत्तरी गोरखाका सयौँ संख्यामा रहेका खच्चडलाई खुवाउने दाना सकिएको छ। दाना सकिएपछि व्यवसायीहरुले चामल खुवाउन थालेका हुन्। ‘पहिले किनेर राखेको दाना सकियो,’ व्यवसायी गर्भू गुरुङले भने, ‘खच्चडलाई भोकै राख्न भए...

सम्बन्धित सामग्री

कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात

कैलाली- कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा रु १२ करोड २१ लाखको मकै, रु पाँच करोड ९४ लाखको चामल र रु एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।  कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आवको आठ म...

कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात

कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।

कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात

अत्तरिया (कैलाली), ५ चैत । कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार […]

धान उत्पादनमा खै त सरकारको चासो ?

धानले कुल कृषि ग्रार्हस्थ उत्पादनमा करिब २२ प्रतिशत योगदान गरेको पाईन्छ । नेपालमा केही क्षेत्रमा गरिएको अध्ययनले के बताउँछ भने करिब ३० प्रतिशत जाँड र रक्सीमा चामल प्रयोग हुने, करिब २० प्रतिशत दाना र अन्य उपभोगमा विक्री हुने र केही उत्पादित धानको भाग चिउरा, भुजा, सेलरोटी, कसार, केक, चाउचाउ लगायतमा समेत प्रयोग हुने गरेको पाइन्छ । नेपालमा खेती गरिएको जमिनमध्ये ३५ देखि ४० प्रतिशत जमिनमा अन्न खेती गरिन्छ र खाद्यान्न उत्पादनको करिब ५० प्रतिशत क्षेत्रफल धान बाली एक्लैले ओगटेको छ ।धान उत्पादनमा तराईको ७

चामल तथा दाल आयातमा कडाइ गर्न व्यवसायीले गरे माग

चैत २९, काठमाडौं । चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल चामल तेल, दाल उद्योग संघका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन् । संघका पदाधिकारीले मंगलवार भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई भेटी आयातमा कडाइ गर्न आग्रह गरेका हुन् ।            संघका अध्यक्ष डा सुवोधकुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधिले स्वदेशी चामल उद्योगलाई बचाउन आयातमा कडाइ गर्नुपर्ने माग राखेका थिए । संघका अध्यक्ष गुप्ताले विदेशी आयातलाई रोक्न भन्सार शुल्क बढाउनुपर्ने माग राखे । उनले भन्सार विभागका महानिर्देशकसँग धान आयातमा एक प्रतिशत र चामल आयातमा १५ प्रतिशत भन्सार शुल्क लागू गर्न आग्रह गरिएको जानकारी दिए ।            चामल आयातभन्दा नेपालमा धान उत्पादन कम भएको समयमा धान आयात गर्दा कामदारले कामलाई निरन्तरता दिन पाउने, चामल मिलबाट उत्पादित भुसले अन्य इन्धनको काम गर्ने, करोडौं लगानीमा सञ्चालित उद्योगले निरन्तरता पाउने संघको बुझाइ छ ।            दाल आयातमा २० प्रतिशत शुल्क लगाउन माग            व्यवसायीले दालको कच्चा वस्तु तथा गेडागुडी आयातको भन्सार शुल्क बढाउन माग गरेका छन् । हाल दाल तथा गोडागुडी आयातमा १० प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ । संघका पदाधिकारीले दाल तथा गेडागुडीको १० प्रतिशत शुल्कसँगै तयारी दाल आयातमा २० प्रतिशत गरी दुई प्रकारका शुल्क निर्धारण गर्न आग्रह गरेका छन् ।            मुसुरो दाल विदेश निकासी गर्दा सरकारले दिँदै आएको चार प्रतिशत अनुदान सुविधा कटौटी गरिएको भन्दै व्यवसायीले निर्यातमा समस्या भएको बताएका छन् । अनुदान कटौती हुँदा र थप निकासी शुल्क लाग्दा बङ्गलादेशमा निकासी रोकिएको भन्दै व्यवसायीले नेपाली मसुरो दालको उत्पादन बढाउन तथा निर्यातलाई प्रोत्साहन गर्न सहयोग गर्न आग्रह गरेका छन् ।            व्यवसायीले तोरी तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको शुल्क घटाउन सरकारसँग अनुरोध गरेका छन् । हाल तोरी तेलको कच्चा पदार्थकोे आयात गर्दा पाँच प्रतिशत आयात शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको छ ।            व्यवसायीले भन्सार शुल्क महँगो हुँदा भारतीय तेलले नेपाली बजार कब्जा गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार भारतीय बजारमा पाँच प्रतिशत मात्र शुल्क लाग्दा भारतीय तेल सस्तो हुने गरेको छ । व्यवसायीले पिना निर्यातमा लाग्ने गरेको शुल्क हटाउनसमेत आग्रह गरेका छन् । नेपालका दाना उद्योगले पिनाको खपत कम गर्दा ७५ प्रतिशत पिना निर्यात गर्नुपर्ने भन्दै व्यवसायीले भन्सार शुल्क हटाउन आग्रह गरेका हुन् । हाल प्रतिकिलो पिना निर्यात गर्दा ५० पैसा शुल्क लाग्ने गरेको छ  । रासस

मिक्स भेजिटेबल पुलाउ बनाउने सजिलो तरिका

आवश्यक सामग्री : ५०० ग्राम बासमती चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलगोपी, ५० ग्राम घिउ, सिमी कोसा, ५० ग्राम बन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा डुबाउनु ४-५ वटा सुकुमेल ल्वाङ दालचिनी तेजपता, १०० ग्राम राम्रो घिउ १-४ टी स्पुन जिरा गेडा, ५० ग्राम प्याज काटेको, नुन इच्छा अनुसार ५० ग्राम […]

सुबोधकुमार गुप्तालाई मानार्थ विद्यावारिधि

काठमाडौं । नेपाल चामल तेल दाना उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेसनल विश्वविद्यालय पेरिसले मानार्थ विद्यावारिधिबाट सम्मान गरेको छ । उनलाई ग्लोबल लिडरसिप र म्यानेजमेन्टतर्फ मानार्थ विद्यावारिधि दिइएको जनाइएको छ । दुबईमा आयोजित एक कार्यक्रममा उक्त सम्मान दिइएको हो ।

शे फोक्सुण्डोमा पुग्दैन सरकारी चामल

मुुलुकको दुर्गम क्षेत्रमा चामल आपूर्तिको जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले डोल्पाको शे फोक्सुण्डो गाँउपालिकामा गत वर्ष एक दाना पनि अनुदानको चामल लैजान सकेन ।

धान खेतीमा बीउको छनोट

एसियाली देशमा खाद्यान्न भनेको धान-चामल भन्ने बुझिन्छ । खाद्यान्न बालीमध्ये उत्पादनको हिसाबले धानबाली प्रथम स्थानमा आउँछ । विश्वका आधाभन्दा बढी जनसंख्याको प्रमुख आधार नै चामल हो । अझ धानले एसियालीलाई एकैसाथ ल्याउन सेतुको काम पनि गरिरहेको छ । किनकि ९० प्रतिशतभन्दा बढी धानको उत्पादनको साथै खपत एसियाली देशभित्रै हुन्छ । धानलाई ‘सुनको दाना’ पनि भन्ने …

केही खाद्यवस्तुको मापदण्ड तयार

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न प्रकारका खाद्यान्नमा मापदण्ड तयार गरेको छ । चामल, कुखुराका दाना र रोल्ड ओट्सको मापदण्ड तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागेको हो । विभाग वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण श्रेष्ठले स्तरोन्नति गरिएको चामल, कुखुराको दाना र रोल्ड ओट्सको गुणस्तर तयार गरेर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागेको उहाँले जानकारी दिनुभयो ।