बागलुङ : बागलुङको धौलागिरी अस्पतालको स्तरोन्नतिसँगै सेवा सुविधाहरु पनि थप हुँदै गएका छन्।सामान्यदेखि जटिल प्रकारका रोगहरुको पनि उपचार र चेकजाँच हुन थालेपछि धौलागिरिवासीलाई सहज भएको छ। आधुनिक प्रविधिको विकास र प्रयोगमा ल्याउन थालेपछि यहाँ पहिलो पटक दूरबीन प्रयोग गरी शल्यक्रिया गरिएको छ।दूरबिनको प्रयोगबाट बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डाशयमा जमेको पानी निकालिएको छ। अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको समूहले ती महिलाको शल्यक्रिया गरेको हो। पहिलो प्रयास नै स