काठमाण्डाै – नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको चुनावमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार पत्रकार सम्मेलन गरी डा. कोइरालाले पार्टी सभापतिका लागि अहिले दिउँसाे साढे ३ बजेदेखि हुन लागेको दोस्रो चरणको चुनावमा महाधिवेशन प्रतिनिधिहरूले आफ्नो विवेकले मत हाल्नुपर्ने बताउनुभएको हो । महाधिवेशनका प्रतिनिधिहरू आफैँ नेपाली कांग्रेसका नेता भएको उल्लेख गर्दै उहाँले मतदानमा आफ्नो विवेक प्र...