सत्तारुढ दललाई विष्णु पौडेलको आग्रह- विकासका मुद्दामा राजनीति नगरौं

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् । रुपन्देहीमा शुरू भएका केही विशेष योजना रोक्ने गरी भएका आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।  बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधवार उद्घाटन गर्दै पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गरेका हुन् ।  तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरूकै अगुवाइमा योजनै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफ...