सरकारी कामकाजको भाषा तोक्‍न ध्यानाकर्षण

प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न स्थानीय संघ संस्थाहरुले मुख्यमन्त्री र दलहरुको ध्यानाकर्षण गराएका छन् । विभिन्‍न संस्थाका प्रतिनिधि तथा भाषा अभियन्ताहरुले शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र अन्य दलका नेताहरुलाई सरकारको कामकाजको भाषा नोक्‍न लिखित ध्यानाकर्षण गराएका हुन् ।

सम्बन्धित सामग्री

गण्डकीमा गुरुङ, मगर र थारू भाषालाई कामकाजको भाषा बनाउन माग

५ भदौ, पोखरा । आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले गण्डकी प्रदेशमा बाहुल्यता रहेका गुरुङ, मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ । मंगलबार समितिले पत्रकार सम्मेलन गरी भाषा आयोगको सिफारिस अनुसार यी तीन भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको हो । संविधानको धारा ७ को उपधारा २ मा नेपाली भाषाका […]

मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्छ: अध्यक्ष डा.दत्त

सप्तरी- मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताएका छन्। सप्तरीको राजविराजमा मैथिली साहित्य परिषदद्वारा आयोजित विद्यापति स्मृति पर्व २०७९ को प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष डा.दत्तले यस्ताे बताएका हुन्। मधेस प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेकोले मैथिलीलाई नै सरकारी कामकाजको भाषा बनाउनुपर्ने उनकाे भनाइ छ। अध्यक्ष डा.दत्तले […]

बागमती प्रदेशले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने

काठमाडौँ । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ । यसका लागि सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए । बैठकले अघिल्लो आर्थिक वर्षमा विनियोजित बजेट गएको असार २४ गते […]

बागमती प्रदेशले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने

२७ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ । यसका लागि सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए । बैठकले अघिल्लो आर्थिक बर्षमा विनियोजित बजेट गएको असार […]

बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा बनाउन माग

काठमाडौं : तामाङ र नेपाल भाषा सरकारी कामकाजका रूपमा कार्यान्वयन गर्न बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई आज ज्ञापनपत्र बुझाइएको छ।नेपाल तामाङ घेदुङ र नेवाः देय दबुका प्रतिनिधिले आज बागमती प्रदेशको राजधानी हेटौंडा पुगेर मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन्।बागमती प्रदेशमा सरकारी कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषालाई भाषा आयोगले सिफारिस गरिसकेकाले यसको कार्यान्वयन गर्नुपर्ने ती संस्थाको माग छ।गत भदौ २१ गते नेपालमा बोलिने ११ वटा भाषालाई भाषा आयोगले सरकारी कामकाजको भाषाका

चुलाचुलीमा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

झापा : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ कार्यालयमा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइएको छ।वडा कार्यालयले सोमबार घोषणा सभा गरी लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले जानकारी दिए। लिम्बू बाहुल बसोबास रहेको यस वडाले वडाभित्रका सरकारी कार्यालयमा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता दिएको उनले बताए।लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजको भाषा

सरकारी कामकाजको भाषा सिफारिसप्रति आदिवासी जनजाति महासंघको ध्यानाकर्षण

भाषा आयोगले सिफारिस गरेका सरकारी कामकाजको भाषाका आधार तथा  निर्धारणप्रति नेपाल आदिवासी जनजाति महासंघले ध्यानाकर्षण भएको जनाएको छ। महासंघले बिहीबार विज्ञप्ती जारी गर्दै आयोगले अन्तर्राष्ट्रिय कानुनहरुको अवमूल्यन गरी प्रतिवेदन तयार...

प्रदेश-१ र प्रदेश-२ मा पनि थारु भाषालाई सरकारी कामकाजको भाषा सिफारिस गर्न माग

२९ भदौ, काठमाडौं । थारु अगुवाहरुले भाषा आयोगले प्रदेशमा सरकारी कामकाजको भाषाका लागि गरेको सिफारिस विभेदपूर्ण रहेको बताएका छन् । थारु मानक भाषा मस्यौदा समितिले मंगलबार गरेको भर्चुअल छलफलमा थारु अगुवाहरुले प्रदेश-१ र प्रदेश-२ मा पनि थारु भाषालाई सरकारी कामकाजको भाषा सिफारिस गर्न माग गरेका छन् । भाषा आयोगले भदौ २१ गते ११ वटा भाषालाई […]