हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ। यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए।
उनका अनुसार समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव…