नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा सात वटै प्रदेशका लागि बाहुल्यताका आधारमा सरकारी कामकाजको भाषा तोकेको छ । स्रोतका अनुसार संविधानको मर्म र भावना बमोजिम प्रदेशको भाषा तोक्ने र प्रदेशको भाषा स्वतः संघको कामकाजको भाषामा प्रयोग गर्ने नीति लिइने गरी माओवादी केन्द्रले सात वटै प्रदेशका लागि भाषा तोकेर घोषणापत्रमा समेटेको हो ।स्रोतका अनुसार माओवादीले प्रदेश १ मा वान्तवा (राई भाषा), लिम्बू र मैथिली, मधेस प्रदेशमा मैथिली, भोजपुरी र बज्जिका भाषालाई प्रदेशको भाषाका रुपमा