काठमाडौं : तामाङ र नेपाल भाषा सरकारी कामकाजका रूपमा कार्यान्वयन गर्न बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई आज ज्ञापनपत्र बुझाइएको छ।नेपाल तामाङ घेदुङ र नेवाः देय दबुका प्रतिनिधिले आज बागमती प्रदेशको राजधानी हेटौंडा पुगेर मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन्।बागमती प्रदेशमा सरकारी कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषालाई भाषा आयोगले सिफारिस गरिसकेकाले यसको कार्यान्वयन गर्नुपर्ने ती संस्थाको माग छ।गत भदौ २१ गते नेपालमा बोलिने ११ वटा भाषालाई भाषा आयोगले सरकारी कामकाजको भाषाका