पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको सर्वाेच्च अदालतमा सुनुवाइ सुरु भएको छ। पटक पटक सर्दै आएको मुद्दाको सोमबार न्यायाधीशद्व ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो। अहिले रिट निवेदकका पक्षबाट अधिवक्ता टिकाराम भट्टराईले बहस गरिरहेका छन्। भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधीहरुले मतपत्र च्यातेपछी विवाद सुरु भएको थियो।…