भरतपुर महानगरमा मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको सुनुवाइ फेरि पनि सरेको छ। बिहिबार भएको मुद्दाको सुनुवाइमा सरकार पक्षका वकिलले बहस गरेका थिए। सुनुवाइ सरे पनि आज भतरपुर महानगरमा माओवादी केन्द्र र कांग्रेसकी साझा मेयर उम्मेदवार रेणु दाहालका वकिलले बहस गर्ने छन्। रिट निवेदक पक्षका वकिलले आइतबार जवाफी बहस गरेपछि सर्वोच्चले मुद्दाको विषयमा निर्णय गर्ने बताइएको छ।…