भरतपुर महानगरको मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ फेरि सरेको छ। यसअघि मुद्दाको सुनवाइ शुक्रबारका लागि तोकिएको थियो। सर्वोच्चका न्यायाधीश द्वय मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलास आज मुद्दाबारे निर्वाचन आयोगले पठाएको फाइल खोलेको थियो। ‘फाइल अध्ययन गर्न समय लाग्ने भएकाले सुनुवाइ सोमबारका सारिएको छ’, सर्वोच्च अदालत स्रोतले भन्यो।