माधव नेपालले खोल्ने पार्टीमा को को जालान्

काठमाडौं, ३० असार । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएबाट फुट्ने निश्चितप्रायः भएको हो । ओलीसँग अब कुरा नमिल्ने भएपछि माधव नेपालले पनि नयाँ दल खोल्ने प्रक्रिया बढाइसकेका छन् । उनले प्रचण्डसँग मिलेर एकीकृत कम्युनिस्ट पार्टी बनाएर जानेबारे छलफल गरिसकेका […]

सम्बन्धित सामग्री

केपी ओलीले विदेशीहरुको हितमा काम गर्न थालेपछि पार्टीमा विद्रोह भयो : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपाको सरकार हुँदा केपी शर्मा ओली स्वेच्छाचारी हुन थालेपछि विद्रोह गरेको बताएका छन्। आइतवार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्। 'एमाले र माओवादी मिल्दा पार्टीमा वैचारिक मतभेद थिएन। तर पछि केपी ओलीमा दक्षिणवादी…

माधव नेपालले भने- हाम्रा मन्त्री छिट्टै फेरिन्छन्

काठमाडौं :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना मन्त्रीहरू छिट्टै फेरिने बताएका छन्।समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा नेपालले ६ महिनाको समय दिएर आफ्नो पार्टीले मन्त्री पठाएको बताए।'केहीले सार्वजनिक रूपमै भनिसकेकन छन्। हामी नयाँ मन्त्री पठाइसकेका छौँ। प्रधानमन्त्री र माओवादीका साथीहरू पनि आफ्नो पार्टीमा समस्या आएको कारण केही समय रोकिएको हो', उनले बताए।पार्टीले आफ्नो दलबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरिसकेको छ

ओलीको आह्वान– माधव नेपालको लिस्टबाट नाम हटाएर अप्ठ्यारो नमानी पार्टीमा फर्किनुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेपालको नेतृत्वमा प्रस्तावित एमाले (समाजवादी)मा लागेका नेता/कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । नेकपा एमालेले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले निर्वाचन आयोगमा बुझाएको लिस्टबाट नाम हटाएर पार्टीमा फर्किन आह्वान गरेका हुन् । 'त्यो लिस्टबाट नाम हटाउनुस् । तपाईं हामीले बनाएको पार्टी हो यो, कसैको व्यक्तिगत स्वार्थ र कुण्ठामा पार्टीलाई बर्बाद पार्नुहुन्न,' ओलीले भने, 'अप्ठ्यारो नमानी घोषणा गरिदिनुस् । पार्टीमा...

माधव नेपालको पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी, नामका लागि पाँच विकल्पमा छलफल

माधव नेपालले बनाउन लागेको नयाँ पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी बन्ने भएको छ ।  तत्कालका लागि सानो आकारको केन्द्रीय कमिटी बनाएर पार्टी दर्ता गर्ने तयारी माधव नेपाल समूहले गरेको छ ।  त्यसमध्ये केन्द्रीय समितिमा ३० प्रतिशत महिला सहभागिता हुने गरी नयाँ राजनीतिक दल दर्ता गर्ने गरी कागजपत्र तयार गरिएको माधव नेपाल निकट एक नेताले जानकारी  दिए । नयाँ पार्टी दर्ताको लागि केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायतको कागजपत्र बेदुराम भुसाल नेतृत्वको टिमले तयार पारेको नेताहरूले बताएका छन् ...

माधव नेपालले भनेबमोजिम दलसम्बन्धी अध्यादेश आउने

काठमाडौं, २८ साउन । नेकपा एमालेको विभाजन निश्चितप्रायः भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीसँगै पार्टीमा बस्न नसक्ने निष्कर्षका साथ विभाजनको तयारीमा जुटेका हुन् । उनले केन्द्रीय सदस्य र सांसदहरुलाई निरन्तर भेटेर साथ दिन आग्रह गर्न थालेका छन् । केन्द्रीय कमिटिमा ४० प्रतिशत हाराहारीमा सदस्यहरु पुगेपनि संसदीय दलमा उनको पक्षमा ३० […]

माधव नेपालले आज ‘कलम पार्टी’ घोषणा गर्दै : गोकुल बाँस्कोटा

काठमाडौं : नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको दाबी गरेका छन्।मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपालले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ बताएका दाबी गरेका हुन्।वरिष्ठ नेता नेपालले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बेन्क्वेटमा आफूपक्षीय केन्द्रीय कमिटीको बैठक डाकेका छन्। क्वलीटीमा भोली माधब क

ओलीले बालकोट पुगेर भने – ‘पार्टीमा माधव नेपालले आत्मालोचना गर्ने ठाउँ छैन’

पुष्कर बुढाथोकी, भक्तपुर । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बरिष्ठ नेता माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ नरहेको बताउनुभएको छ ।बुधबार सरकारी निवास बालुवाटार छोडी निजी निवास बालकोट पुग्नुभएका ओलीले निवासको बार्दलीबाट समर्थकहरुलाई सम्बोधन गर्दै सरकार एमालेको सरकार ढाल्न नेता नेपालले अगुवाइ गरेको बताउनुभयो । ओलीले अरुले आत्मालोचना गरेर आए […]

माधव नेपालले नयाँ पार्टी खोलिसके : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाएका छन् । उनले नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आएपनि भरसक अहिलेपनि आफूहरु सम्झाउने प्रयासमा रहेको बताए ।‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्र गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्