माधव नेपालले बनाउन लागेको नयाँ पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी बन्ने भएको छ ।
तत्कालका लागि सानो आकारको केन्द्रीय कमिटी बनाएर पार्टी दर्ता गर्ने तयारी माधव नेपाल समूहले गरेको छ ।
त्यसमध्ये केन्द्रीय समितिमा ३० प्रतिशत महिला सहभागिता हुने गरी नयाँ राजनीतिक दल दर्ता गर्ने गरी कागजपत्र तयार गरिएको माधव नेपाल निकट एक नेताले जानकारी दिए ।
नयाँ पार्टी दर्ताको लागि केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायतको कागजपत्र बेदुराम भुसाल नेतृत्वको टिमले तयार पारेको नेताहरूले बताएका छन् ...