माधव नेपालले भनेबमोजिम दलसम्बन्धी अध्यादेश आउने

काठमाडौं, २८ साउन । नेकपा एमालेको विभाजन निश्चितप्रायः भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीसँगै पार्टीमा बस्न नसक्ने निष्कर्षका साथ विभाजनको तयारीमा जुटेका हुन् । उनले केन्द्रीय सदस्य र सांसदहरुलाई निरन्तर भेटेर साथ दिन आग्रह गर्न थालेका छन् । केन्द्रीय कमिटिमा ४० प्रतिशत हाराहारीमा सदस्यहरु पुगेपनि संसदीय दलमा उनको पक्षमा ३० […]

सम्बन्धित सामग्री

प्रतिपक्षी दलको बैठकमा माधव नेपालले के भने ?

शुक्रबार प्रतिपक्षी दलहरूको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्ने भएकाले चनाखो हुनुपर्ने बताएका छन् ।

कतै छुटाउनु त भएन, आजका १३ मुख्य खबर

काठमाडौं । बजेट अध्यादेश प्रतिस्थापन विधेयक ६० दिन भित्र संसदबाट पारित हुन नसकेपछि बुधबारदेखि सरकारले खर्च गर्न नपाउने भएको छ। एमाले सांसद सोम पाण्डे र शारदा भट्टले एकीकृत समाजवादी रोज्न पाउने सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। माधव नेपालले पदका लागि पतनको बाटो रोजेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। सरकारले एकैपटक ८५ सहसचिवको सरुवा गरेको छ।

अध्यादेश सच्याउने माधव नेपालको प्रस्ताव प्रधानमन्त्री देउवाद्वारा अस्वीकार

‘माधवजीको पार्टी निर्वाचन आयोगमा दर्ता त भयो तर, उहाँलाई अझै केही कानुनी जटिलता छन्, कसरी जान सकिन्छ ?’, प्रचण्डले भने, ‘यो जटिलता फुकाउन पाए हामी अझ मजबुत हुने थियौँ ।’प्रचण्डले यसो भनेपछि नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एक स्टेप अघि बढेर कुरा अगाडि बढाए । उनले भने, ‘अध्यादेशका सवालमा हामीले प्रदेश र स्थानीय तहका प्रतिनिधिका बारेमा ध्यान पुर्याए पनि संघीय सांसदका बारेमा त्यति धेरै ‘सेन्स’ लगाउन सकेनछौं ।’   गत

दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने सरकारको तयारी

काठमाडौं, १० भदौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशलाई अब निश्क्रिय बनाउने तयारी गरेको छ । यसअघि संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिनेगरि सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशअनुसार माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । उता, महन्थ ठाकुरले पनि आफ्नो नेतृत्वमा […]

माधव नेपालको पक्षमा २०% पुग्दैन, १३ जना सदस्य फिर्ता भए : महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को षड्यन्त्रमा राजनीतिक दल सम्बन्धी अध्यादेश आए पनि माधव नेपालको पक्षमा २०% केन्द्रीय सदस्य नपुग्ने दाबी गरेका छन् । माधव नेपालले बुझाएका ५८ केन्द्रीय सदस्यमध्ये १३ जना फर्किसकेको बस्नेतले दाबी गरे ।  बिहीवार भक्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले संसदीय दल र केन्द्रीय कमिटी कतै पनि २० प्रतिशत नपुग्ने बताए । ‘माधव नेपालले निर्वाचन...

'प्रचण्डसँग मिलेर माधव नेपालले एमाले धुलोपीठो बनाउनुभयो'

काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ। नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको हो।सरकारले दल विभाजनमा सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै  माधव नेपाल पक्षले पनि नयाँ दल खोल्ने तयारी थालिसकेको छ। संस्थापन पक्षले पनि निर्वाचन आयोगमा सदस्य संख्या अद्यावधिक गर्न पत्र पठाइसकेको छ।एकताको प्रयास प्रयास भन्दै गर्दा पार्टी नै फुटको अन्तिम डिलमा रहेको छ। यही सेरोफेरोमा थाहाकर्मी नवीन लुइँटेलले ए

माधव नेपालले भने : अहिले नयाँ पार्टी खोलौँ, ओली सुध्रिए चुनावमा सहकार्य गरौँला

काठमाडौँ– दल विभाजनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि नेकपा एमाले नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने तयारी थालेको छ । आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब नयाँ अभ्यासमा जाने उद्घोष गरेका हुन् । उनले एजेण्डा मिल्नेहरूसँग एकताको ढोका भने सधैं खुल्ला राख्ने उल्लेख गरेका थिए । ‘हामीले फेरि […]

अध्यादेश फिर्ता लिनुपर्छ, ओली र माधव नेपालले त्याग गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दल विभाजन सजिलो हुने गरी सरकारले ल्याएको अध्यादेशले अस्थिरता र अराजकता निम्तिने बताएका छन्। एमाले विवाद बढ्दै जाँदा माधव कुमार नेपाललाई पार्टी फुटाउन सहज हुने गरी शेरबहादुर देउवा सरकारले अध्यादेश ल्याएको हो। अध्यादेश ल्याएपछि ओली र नेपाल समूह हाल छलफलमा छन्। यसबिच…

माधव नेपालले आफू निकटका जनवर्गीय संगठनलाई सम्बोधन गर्ने

एमालेका वरिष्ठ नेता माधव नेपालले आज आफू निकटका जनवर्गीय संगठनहरूलाई सम्बोधन गर्दैछन् ।  माधव पक्षलाई दल विभाजनका लागि सजिलो बनाउन अध्यादेशको तयारी भइरहेको समाचारहरू आइरहेका बेला उनले जुममार्फत् जनवर्गीय संगठनलाई सम्बोधन गर्न लागेका हुन् ।  दिउँसो पौने ४ बजे नेपालले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।  अध्यादेश ल्याउन भन्दै सरकारले संघीय संसदको अधिवेशन सोमवार अन्त्य गरेको थियो ।  सरकारले एमाले विभाजन गर्न अध्यादेश ल्याउन लागेको भन्दै सशंकित एमालेले विज्ञप्ति मार्फत आपत्ति जनाइसकेक...